बन्द कोठामा आमा छोरा झुण्डिएको अवस्थामा भेटिए।

दमौली १४ वैशाख । तनहुँको क्यामिन गाउँ विकास समिति वडा नं २ माँझफाँटमा घरको बन्दकोठा भित्र आमा छोरा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
यसरी झुण्डिएको अवस्थामा भेटिनेमा सोही ठाउँ निवासी २५ बर्षिय रीता थापा र उनका ४ बर्षिय छोरा निसन थापा रहेका छन् । उनीहरु बीचमा गाठो पारेको र छेउछेउको भागमा सुर्कने पारेको डोरीमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।त्यस्तै झुण्डिएको ठाउँमा प्लाष्टिकको कुर्ची लडेको समेत भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख कृष्णकुमार महतका अनुसार आमा छोरा कोठा भित्र बिहान साँढे १० बजे सिलिङमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घरमा कोही नभएको अवस्थामा उक्त घटना भएको बुझिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिराखेको छ । प्रहरीका अनुसार मृतक श्रीमान् नेपाली सेनामा कार्यरत छन् । उनी घर बिदामा आएका समेत छन् । यद्यपी उक्त घटना भएको समयमा श्रीमान् घरमा नभएको बुझिएको छ ।
(साभार: सेतीमादी)

Comments