गृहमन्त्रीलाई खुल्ला पत्र: 'माइला लामालाई गिरफ्तार गरी कस्तो पुरुषार्थ देखाउनुभाको?'
माननीय गृहमन्त्री ज्यु नमस्कार !
आज काठमाडौको कपनबाट जनबादी गायक एबम नेकपा माओबादिका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु ।
आज काठमाडौको कपनबाट जनबादी गायक एबम नेकपा माओबादिका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु ।
माननीय ज्यु,
जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्डालड्दै आधा शरीर गुमाइसकेका माइला लामालाइ आज किन र के कारणले पक्राउ गरियो भन्ने कुरा थाहा छैन। के अपराध गरे माइला लामा र माइला लामाजस्ता अरु योद्धाहरुले?
जुन योद्धाहरुको रगत पसिना र योगदानले आज तपाईहरु देश र प्रशासन हाँकेर बस्ने अवसर पाउनु भएको छ। माइला लामा जस्ता योद्धाहरु नभएको भए तपाइहरु आज देशको 'शेख' बनेर बस्न पाउनु हुन्थ्यो ? गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र एक आँखा गुमाउनु नै माइला लामाको कसुर हो ? होइन भने किन पक्राउ परे ? दिनानुदिन कालाबजारी गर्ने अरबौ भ्रष्टाचार गर्ने भ्रष्टाचारी, ठग्ने ठग, दलाली गर्ने दलाल, बलात्कार गर्ने बलात्कारी जस्ता अपराधीलाई पक्राउ गरेर जनतालाइ शान्ती सुरक्षा प्रदान गर्न नसक्ने सरकारले बैचारिक चेतना छर्दै हिड्ने र जनबादी गीतको माध्यमबाट सर्बहारा जनताको अधिकारको निम्ति आवाज उठाउने माइला लामाहरुलाई पक्रेर के को पुरुषार्थ देखाउनु हुन्छ ?
यो पुरुषार्थ हैन कायरता हो।

माननीय ज्यु, सक्नुहुन्छ भने सिमाबाट जंगे पिल्लर गायब पार्नेहरुलाई पक्राउ गर्नुस, नाकावन्दीको बहानामा कालाबजारी गरी जनतालाई दु:ख दिनेहरुलाई पक्राउ गर्नुस। राज्यको अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेलाई पक्राउ गर्नुस। घर-खेत वन्दकी राखेर परदेश जान लागेका युवालाई लाखौ ठगेर आफ्नो घर बनाउने ठगलाइ पक्राउ गर्नुस। दिनदिनै भैरहेको बलात्कारमा संलग्नहरुलाइ पक्राउ गर्नुस, हिम्मत छ यति गर्ने ? अंह छैन।
माननीय ज्युहरु एउटा कुरा ख्याल गर्नुस !
माननीय ज्युहरु एउटा कुरा ख्याल गर्नुस !
अधिकारका निम्ति सारा जिन्दगी त्याग्न तत्पर महापुरुषहरु यस्ता पक्राउ त के हजारौं यातनाहरुपनि सहन तयार हुन्छन्, तर कदापी विचलित हुने छैनन् ।
एकमुठी श्वास रहेसम्म वैचारिक चेतना जगाउंदै जनताको अधिकारको खातिर सदैव क्रियाशिल रहिरहेछन। प्रतिक्रियावादीहरुको पक्राउमा पर्नुभएका माइला लामाको सिघ्र रिहाइको माग गर्दछु।
महान वीर योद्धा माइला लामाप्रती रातो सलाम।
नवराज सिंखडा 'जिज्ञासु'
नवराज सिंखडा 'जिज्ञासु'

Comments
Post a Comment