राप्रपा नेपाल कतारको बैठक सम्पन्न: विज्ञप्ति मार्फत केन्द्रलाई गर्यो खबरदारी, भन्यो "हामी जुटेको राप्रपा हेर्न चाहन्छौं"
मेमनेपाल,
२८ चैत, कतार। गत शुक्रबारका दिन राप्रपा नेपालको प्रवास कतार स्थित प्रबासी नेपाली राष्ट्रबादी समाजले विज्ञप्ति निकालेको छ ।
समाजका अध्यक्ष रबिचन्द्र पौडेलको अध्यक्षतामा बसेको केन्द्रीय कमिटिको बैठकले आफ्नो मूल पार्टीभित्र देखिएको आन्तरिक मतभेदका विरुद्द खबरदारी गर्दै विज्ञप्ति मार्फत दुख व्यक्त गरेको हो ।
बिगतका दिनहरुमा पनि आपसी मनमुटाव र आन्तरिक विवादका कारण सिंगो पार्टी नै पटक पटक चुक्दा धेरै क्षती भएको स्मरण गराउंदै यस्ता गतिबिधि बारम्बार नदोहोर्याउन प्रबास कमिटि कतारले खबरदारी गर्दछ' विज्ञप्तिमा भनिएको छ । साथै पार्टीका मूल एजेन्डा र उदेश्यको बारेमा स्पष्ट हुनका लागि केन्द्रलाई विज्ञप्ति मार्फत अपिल गरिएको छ |
बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले नेपालमा थुप्रै राजनीतिक दलहरु हुँदाहुदैपनि राप्रपा नेपाल किन चौंथो स्थापना हुन पुग्यो भन्ने कुरालाई मनैदेखि मनन गर्न केन्द्रको ध्यानआकर्षण गराऊन केन्द्रलाई दबाब दिने, राप्रपा नेपालको मूल उदेश्य र यसको एजेण्डाबारे वृहत प्रशिक्षणको आवस्यकता र बिगतमा जनताको घर दैलोमा जाँदा हामीले के कति कुराहरु को आश्वासन दिएका थियौं जस्ता प्रतिवद्दता बारे केन्द्रले स्पष्ट रुपमा बढाउनु पर्ने कुरा केन्द्रलाई दबाब दिन बैठकमा राय आएको थियो ।
'ठुला भनिएका राजनितिक दलहरुले निषेधको राजनीति गर्दापनि जनताबाट राप्रपा नेपाललाई किन देशको चौथो शक्तिको रुपमा अघी बढाइयो भन्ने कुरा नेतृत्वले न बिर्सियोस' विज्ञप्तिमा भनिएको छ । देश र जनताको अगाडी राष्ट्रवादी बन्ने तर पदको लागि जुँगाको लडाइँ ठिक होइन भन्दै पार्टीमा कसको के कति योगदान र बलिदान छ भन्ने कुराको आधारमा भूमिका प्रदान गर्दै नेतृत्वले पार्टीलाई एक ढिक्का पारेर बढ्नु पर्ने सुझाव समेत दिईएको छ ।
कतार प्रबास कमिटि फुटेको राप्रपा होइन एक ढिक्का भएको राप्रपा नेपाल हेर्न चाहेको स्पष्ट पार्दै राष्ट्रवादी शक्तिहरु विचको एकिकरणको पहललाई छिटोभन्दा छिटो तार्किक बनाउन नेतृत्वलाई आग्रह गरिएको छ ।


Comments
Post a Comment