लमजुंग सेवा समाज कतारको बनभोजमा 'हिमालयन टाइगर'


मेमनेपाल,
बैशाख ७, कतार। लमजुंग  सेवा समाज कतारले यहि अप्रिल २२ तारिक सुक्रवारका दिन अलखोर स्थित पर्पल आइल्याण्डमा रमाइलो बनभोज  कार्यक्रमको आयोजना  गरेको छ ! 
रोजगार तथा ब्यबसायको  सन्दर्भमा  कतारमा रहेका सम्पूर्ण लमजुंग बासीहरुको साझा सामाजिक सस्थाको रुपमा गठित यो सस्था २००५ मा कतारमा स्थापना भएको  हो ।
स्थापनाको हिसाबले यो संस्था निकै पुरानो भएतापनि आफ्नै आन्तरिक परिस्थिति तथा  कार्यसमितिमा रहेर काम गर्ने सदस्यहरु  कतार छोडी नेपाल फर्कनु  आदिका  कारण  झन्डै ४-५ वर्ष देखी यसले  सक्रिय रुपले काम गर्न  नसकी  सुषुप्त  अबस्थामै  रहेकै थियो तर अहिले २-३ महिना  अगाडी देखी  कतारमा भएका लमजुङबासीहरुको पुनर्सक्रियतामा बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा सस्थाको  पुनर्गठन   गरेको छ । 
 कतारमा भएका धेरै भन्दा धेरै लम्जुंगेहरुलाई संस्थामा  समेटेर  आफ्ना सामाजिक गतिविधिहरुलाई अगाडी उद्देश्यले अहिलेको रमाइलो पिकनिक आयोजना गरिएको  हो ।  
सो कार्यक्रममा सहभागिताका  लागि  लमजुङ जिल्लामा जन्मेर नेपालको पहिलो ख्यातिप्राप्त 'रेस्लर' तथा पर्यटन सद्भावना दुत  भरत बहादुर  बिसुराल  ( दी हिमालयन  टाइगर ) कतार आइसकेको जानकारी जानकारी समाजको  महासचिब सिताराम  थापाले  जानकारी दिए।



Comments