पाँच महिनादेखि अस्पतालको शैयामा 'बुढा मगर' : अवस्था सुक्ष्म सुधारोन्मुख



मेमनेपाल,
बैशाख ६,कतार । नेपाली जनप्रगतिशील मंच कतार तथा एनआरएनए आइसीसी वैदेसिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिको टोलीले बिरामी भेटघाट गरेका छन्
रुकुमको चौखावाङ ९ गलम्पाटी घर भई बिगत ३० महिनादेखि वैदेसिक रोजगारीमा संलग्न ललित बुढामगर कतारको एक प्रतिष्ठित आल्मुनियम कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी करीव ५ महिनादेखि कोमा रहेको घटना थाहा पाएर मंचका अध्यक्ष शनी कुमार ओली, आप्रबासी कल्याण समितिका कतार प्रतिनिधी करीम बक्स मियाँ, मंचका वरिष्ठ सल्लाकार रमेश भट्ट समेतको टोलीले उपचार्थ बुढा मगरको स्वास्थ्य अवस्था बुझेको हो
कतारको पुरानो अस्पताल अल रुमेलामा अति सघन रुपमा उपचारमा रहेका मगरको टाउकोमा गम्भीर चोट लागी अचेत अवस्थामा रहेका छन्
बिरामीको अवस्था बुझ्न पुगेको टोलीले उपचारमा खटिएका तथा मगरको रेखदेखमा रहेका चिकित्सा टोलीसित गरेको संवाद अनुसार चोट गम्भीर रहेको, चोटको पीडाले घरीघरी अत्तालिएर रुने गरेपनि मगर बोल्न नसक्ने अवस्था रहेका छन्. 'हामी उनको उपचारको प्रारम्भीक चरण मै छौं, केहि महिना वा हप्तामा उनको मेजर शल्यक्रिया हुनेछ' मगरको सेवामा खटिएकी एक नर्सले जानकारी दिंदै भनिन् 'पूर्ण रुपमा अचेत रहेपनि उनी सुक्ष्म सुधारोन्मुख अवस्थामा फर्केका छन्'   आफन्त तथा साथीभाईहरु हरेक दिन वा कम्तीमा हप्ताको एक दुई पटक आई आफ्नै भाषामा बिरामी मगर सित संवादको प्रयाश गरे भावनात्मक रुपमा बिरामीलाई टेवा पुग्ने तथा उनको स्वास्थ्यमा सकारात्मक सुधार हुन सक्ने भन्दै उनको उपचारमा खटिएका प्रतिनिधिले टोलीलाई सुझाएको छ

३ वर्षें छोरीको पिता बुढामगरको घरमा श्रीमती सहित बुढ़ा बाबु आमा छन्। भने पारिवारिक अवस्था दयनीय रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। 
गरिवीको कारण कलिलो उमेरमा विदेश पलायन भएका रुकुमेली युवा ललित बुढा मगरलाई भेट्न अथवा उनको स्थितिलाई बुझ्न आफन्त,साथीभाईहरुको आवतजावत भएपनि सम्वन्धित कम्पनी भने कमैमात्र पुगेको श्रोत मार्फत टोलीले जानकारी लिएको छ 'हामी दुताबास मार्फत परिस्थितिबारे बुझ्ने प्रयाश गर्ने छौँ र बुढा मगरलाई के कसरी सहयोग गर्न सकिन्छ त्यो बारे छलफल गर्छौं' टोलीको प्रतिनिधित्व गरेका मन्चका अध्यक्ष शनी कुमार ओलीले बताए

बुढा मगर लगायत यस्ता गम्भीर प्रकृतिको दुर्घटनाको मारमा परेका पिडित हरुको उद्दार तथा आर्थिक राहतको लागि छिट्टै एउटा संयुक्त अभियानको थालनी गरिने एनआरएनए आइसीसी वैदेसिक रोजगार तथा आप्रबासी कल्याण समितिका कतार प्रतिनिधी करिम बक्स मियाँ र नेपाली जनप्रगतिशील मंचका वरिष्ठ सल्लाहकार रमेश भट्टले बताए
टोलीमा मेमनेपालको पनि संलग्नता रहेको थियो


Comments