नवलपरासीको मुकुन्दपुरमा खानेपानी परियोजनामा व्यापक भ्रष्टाचार

बैशाख १५, नेपाल । नवलपरासीको मुकुन्दपूर गाबिस भेडाबारी  रहेको शहरी तथा साना खानेपानी परियोजनामा व्यापक भ्रष्टाचार भएको खुलेको छ । 
करिब २७ करोडको परियोजनामा नेकपा एमाले निकट रहेको व्यवस्थापन समिति  र रहमन कन्ट्रकशनको मिलेमतोमा निर्माण प्रक्रियामा कमसल समान प्रयोग भएको र उक्त  समितिका सदस्य बाबुराम पौडेलको संलग्नतामा परियोजनामा  भ्रस्टाचार भएको खुलेको हो।
हालसम्म व्यबस्थापन समितिका अध्यक्ष रहेका कृष्ण रेग्मी, अध्यक्षको उमेदवारी  दिएका यमुनाथ आचार्य र अध्यक्षका अर्का उमेदवार हरीराज गौतमविच  निर्बाचन प्रकियालाई  लिएर चर्को विवाद बढेपछि भ्रष्टाचार भएको खुलेको हो।

व्यबस्थापन समितिका सदस्य बाबुराम पौडेल, निर्बतमान अध्यक्ष कृष्ण रेग्मी र यमुनाथ आचार्य ऐमाले निकट हुन भने  हरीराज गौतम काँग्रेस निकट हुन।
हरीराज गौतमले परियोजनामा ठुलै भ्रष्टाचार भएको जिकिर गरेपछि निर्वाचन प्रकृयालाई लिएर विवाद बढेको र दुई पक्षविच हात हालाहालको स्थिति आएको बताइएको छ।

Comments