अन्तत: बिधालय प्रशासनले गल्ती सच्यायो: फातिमाले हिजाब लगाएर पढ्न पाउने भइन् ।
१० बैशाख । सुक्रबार भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयको, काठमाण्डौमा बसेको बैठकले उक्त विद्यालयमा मुस्लिम बालिकाहरुले हिजाब लगाएर पढ्न पाउने निर्णय गरेको छ ।
गत मंगलबार अभिभावकले भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयमा आफ्नो छोरी नाजमिन फातिमा इर्शादको भर्ना गराउन जाँदा विद्यालयको प्रधानाध्यापक प्रेम प्रसाद कण्डेलले हिजाब लगाएर स्कूल आउन नमिल्ने बताउदै छोरी फातिमाको भर्ना अस्वीकार गरेका थिए ।
लिडरसिप कर्नरका संस्थापक तथा युवा अभियान्ता अब्दुस मियाँले यस विषयलाई बिरोध गर्दै सहयोगको लागी आफ्नो सामाजिक संजाल मार्फत विरोध जनाएपछि यसतर्फ सबैको ध्यानाकर्षण भएको थियो।
भर्ना लिन नमानेको प्रसङ्गलाई धेरैले धर्म निरपेक्ष भएको देशमा यस्तो गर्न नहुने भन्दै चर्को विवाद गरेपछि बिधालय प्रशासनको बैठक बसी यस्तो निर्णय गरेको हो।
विद्यालयका प्रधानाध्यापक प्रेम प्रसाद कण्डेलले धेरै व्यस्थताको कारण कुरा नबुझेकोले यस्तो हुन गएको भन्दै सबैसँग क्षमा माग्दै यस विद्यालयमा बुर्का तथा हिजाब लगाएर मुस्लिम बालिकाहरुले सहज रुपमा पढ्न पाउने बताउँदै फतिमालाई भर्ना लिए ।
कण्डेलले भने 'विद्यालयमा सबै जात र धर्मका विद्यार्थीहरुले पढ्न पाउने समान अधिकार हुन्छ' बुर्का तथा हिजाब लगाएको बालिकाले भर्ना हुन नपाएको विषयमा आफ्नो पनि असन्तुष्टी रहेको बताए । उनले यो विषयलाई नकारात्मक नबनाउन अनुरोध गरे ।
'कसैको व्यक्तिगत चरित्रमाथि लाञ्छना नलगाई दिनुहुन अनुरोध छ' उनसे भने।

Comments
Post a Comment