एनसीसी कतारको परिषद भेला गम्भीर विवाद विच सम्पन्न: आर्थिक पारदर्शिताको मुद्दा उठ्यो, लेखा समितिले छानविन गर्ने

फाइल फोटो
मेमनेपाल,
बैशाख १८, कतार । एनआरएनए एनसीसी कतारको २०१५-१७ कार्यकालको दोस्रो राष्ट्रिय परिषद भेला चर्को विवादविच सम्पन्न भएको छ
गत सुक्रबार सम्पन्न भेलामा कार्यसमितिको कार्यशिली, विधी र प्रक्रिया तथा आर्थिक पारदर्शिताको मुद्दाहरु गम्भीर रुपमा उठेका छन्

कार्यक्रमको शुरु मै हल्ला नगरी कार्यक्रममा सहभागी बन्न महासचिवले कार्यक्रमको शुरु मै जानकारी दिए 'साथीहरु हामीले सुरक्षागार्डहरुलाई खटाएका छौं, यो हलमा कुनै प्रकारको होहल्ला भएमा सुरक्षागार्डले कब्जामा लिएर प्रहरीलाई बुझाउन सक्नेछन'  
औपचारिक रुपमा भेलाको शुभारम्भ जसरी भएपनि महासचिवको अभिव्यक्तिप्रति परिषद सदस्यहरुको चर्को आपत्ती रह्यो हलको दायाँपट्टी रहेका परिषद सदस्य केदार भुषालले महासचिवको भनाईप्रति आपत्ति प्रकट गर्न उठेकामात्र के थिए सुरक्षागार्ड उनीसम्म पुगेर उनलाई बोल्नबाट रोक्न खोजे त्यसपछि हलको सबै कुनाबाट एकै स्वरमा विरोध हुन थाल्यो पार्षद सदस्य करीम बक्स मियाँले अध्यक्षलाई कोड गरेरै सोधे 'अध्यक्ष ज्यु के तपाई र यो कार्यसमितिलाई कुनै प्रकारको डर हो ? के यहाँ कुनै दुर्घटना हुँदैछ भन्ने अग्रीम प्रत्याभूति भएकै हो ?  होइन भने सुरक्षागार्ड बाहिर राख्नुस'

कार्यप्रगति र आर्थिक गरी दुई विषयमा वहस गरिएको भेलामा दुवै विषयले चर्को विरोधको सामना गर्नु परेको छ कार्यसमितिले प्रस्तूत गरेको प्रतिवेदनमा कार्यसमिति भन्दापनि सचिवालय समिति पूर्णरुपमा निर्णायक बनेको तथा कार्यसमिति केवल अनुमोदन गर्ने गराउने थलो भएको भन्दै परिषद सदस्य बिल गुरुंगले विरोध जनाए भने समितिले मनोनित गरेको प्रवक्ता पदको खारेजी कार्यप्रगति प्रतिवेदनमाथि भएको छलफको मुख्य विषय बन्यो

भेलामा उठेका प्रश्नको उत्तर दिने क्रममा अध्यक्षको 'यसरी विरोध गर्ने हो भने भेला नै बर्खास्त गर्दिन्छु' भन्ने अभिव्यक्ति पछि हलमा केहिबेर तनाव सिर्जना भएको थियो   अन्तत: अध्यक्षले आफ्नो अभिव्यक्तिमाथि क्षमायाचना गर्दै उनले भने 'यो सम्मानित भेलाबाट प्रवक्ता पद बर्खास्त  गरिएको घोषणा गर्दछु' त्यसपछि भेलाले आर्थिक प्रतिवेदनमाथी छफल बढायो

एनसीसी कतारको २८०७ परिषद सदस्य रहेको भएपनि करीव सय जनाको मात्र हाराहारीमा सहभागी  सदस्यहरुको उपस्थितिमा शुरु भएको परिषद भेलामा व्यापक विरोध र गम्भीर प्रश्नहरु उठेका छन् मक्सुद आलाम अध्यक्ष रहेको निवर्तमान कार्यसमितिले नगदी कोष हस्तान्तरण नगरेको, पुरानो तथा वर्तमान कर्यमितिको आपसी मिलिभगतमा औचारिकताको लागिमात्र कोष हस्तान्तरण गरिएको पाइएको छ, कोषको रकम बिगतदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको, खर्चका विवरण र वचतमा एकरुपता नदेखिएको जस्ता गम्भीर प्रश्न खडा हुन पुगेको हो

निवर्तमान समितीले उधारो हस्तान्तरण गर्दा किन बुझेको भन्ने प्रश्नको  वर्तमान समितिसित कुनै ठोस उत्तर नै देखिएन  'मलाई हस्तान्तरणमा समितिको नाममा कोषको रकम चेक मार्फत हस्तान्तरण गरिएको' भन्ने कोषाध्यक्षको भनाईलाई गम्भीर भएर अनुसन्धान गर्ने हो भने एनसीसी कतारको कोष हिनामिना भएको स्पष्ट हुन्छ
अहिलेसम्म समितिको कोष व्यक्तिगत अधिनमा राखिएको छ, न समितिको कुनै खाता छ तर चेक भने समितिको नाममा लेखेर दिईन्छ, नगद रकम नै छैन भने कहाँ छ कोष ? परिषद सदस्यहरुले उठान गरेका विषय हुन् यी
कोषाध्यक्षले प्रस्तूत गरेको प्रतिवेदन, उनले दिएको स्पष्टीकरण र कार्यसमितिको अनुत्तरित अवस्थितिलाई एक ठाउँमा राखेर हेर्ने हो भने सजिलै अनुमान लगाउन सकिन्छ कि बिगत धेरै समयदेखि कोषलाई व्यक्तिगत प्रयोगमा लगाइएको छ तर कसले कोष चलाएको भन्ने कुरालाई भेलामा घुमाउरो पारामा तर्काएर जाने प्रयाशलाई भने परिषद सदस्यहरुले असफल बनाएका छन्

परिषद भेलाले परिषद सदस्य बुधवल गुरुङको संयोजकत्वमा ५ सदस्सीय लेखा समिति गठन गरेको त छ, तर बिगतदेखि छरिएर रहेको एनसीसीको कोषलाई सजिलै पारदर्शिता प्रदान गर्न भने कठिन हुने देखिएको छ

समग्रमा वर्तमान कार्यसमिति कोषको अपारदर्शितामा प्रत्येक्ष संलग्न नभएपनि कोषाध्यक्षको भाषामा 'औपचारिकताको लागि मात्र चेक हो, नगद रकम दुई तीन दिनमा प्रदान गरिनेछ' भनेर निवर्तमान समितिले हस्तान्तरण गर्दा उधारो कोष किन बुझियो ?  यसको स्पष्ट कारण सहित लेखा समितिले गम्भीर भएर अध्ययन तथा छानविन गर्न सक्नु पर्दछ



Comments