जनप्रगतिशील मंच कतारका पुर्ब कोषाध्यक्ष बस्याल नयाँ शक्ति नेपालमा

मेमनेपाल,
बैशाख १३, कतार ।  एमाओवादी सम्वद्द जनप्रगतिशील मंच कतारका पुर्ब कोषाध्यक्ष तथा सल्लाहकार नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन्।
लामो समयदेखि मन्चमा आवद्द रहेर कतारमा आफ्नो राजनीतिक पृष्ठभुमि बनाएका स्याङजा चापाकोट ६ निवासी रामु बस्यालले मंचलाई परित्याग गरी नयाँशक्तिमा प्रवेश गरेका हुन्।
हालसालै सम्पन्न नेपाली जनप्रगतिशील मन्चको महाधिबेशनको पूर्वसन्ध्यामा राजिनामा दिई निस्क्रिय जस्तै भएका बस्याल मन्चमा रहँदा सांगठनिक कारवाहीमा परेका थिए।
तत्कालिन अवस्थामा नेपाली दुताबास कतारकी विवादास्पद छवी बनाएकी राजदूत माया कुमारी शर्माको निकट रहेर उनको बिस्वासपात्रको रुपमा सकृय देखिएकाले बस्याललाई त्यतिबेला मञ्चले सांगठनिक कारवाही गरेको श्रोतले बतायो।
राजनैतिक भागवण्डामा परेर एनेकपा माओवादीको कोटाबाट राजदूत बनेकी शर्माले आफुलाई मन नपराउने तथा आफ्नो विरोध गर्ने केहि नेपालीलाई डिपोर्टेसन प्रयास समेत गरेकी थिइन् । उनको कार्यशैलीप्रति असन्तुष्ट भई सरकारले करीव एकवर्ष मै राजदुत शर्मालाई फिर्ता बोलाएको थियो । केहि समय कारवाईमा परेका बस्याल मन्चबाट राजिनामा दिंदा सल्लाहकार थिए।
बस्यालले आफुले एमाओवादी छाड्नुको कारण बताउंदै एमाओवादीको वैचारिक अस्पष्ट भएको, जनजीविकाका सवालमा जनपक्षीय काम गर्नुको साटो पार्टी सत्ताको खेल वरिपरी घुम्न पुगेकोले आफु बाबुरामको नयाँशक्तिमा लागेको बताए।
साथै पुर्ब एमाओवादी कार्यक्रता दुर्गा सुनार, लाल बहादुर सुनवार, सन्तोष बस्नेत, अशोक अर्याल लगायतले नयाशक्तिमा प्रबेश गरेका छन् ।

Comments