चरम विवादविच नेपाली जनसम्पर्क समिति कतारको अधिवेशन मई २७ मा: मधेसीले भने 'हामी सहभागी हुन्नौं'

मेमसमाचार,
बैशाख ८,कतार  नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति कतारको चौथो अधिवेशन आगामी मई २७ मा हुने भएको
समितिको अप्रिल १५ मा बसेको पूर्ण बैठकले चौंथो धिवेशनको मिति दोस्रो पटकलाई तय गरेको हो   यसभन्दा पहिला समितिको अधिवेशन गत जनवरी २२ लाई तय गरिएको भएपनि उक्त समयमा अधिवेशन हुन नसकेपछि आफ्नो माऊ पार्टी नेपाली कांग्रेसको महाधिवेशन लगत्तै अधिवेशन गर्ने समझदारी सहित तिथि सारिएको थियो
समितिका सभापति बिमल सुवेदीको संयोजकत्वमा महाधिवेशन मुल आयोजक समिति लगायत निर्वाचन समिति, बिधान मस्यौदा समिति सहित १० वटा उप-समितिहरु गठन गरेको महाधिवेशनलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय नेताहरु कतार आउने छन, नेताहरुको छिट्टै लाग्ने सभापति बिमल सुवेदीलको भनाइलाई जानकारी दिएका छन  डीसी नेपालमा  उल्लेख छ     
कतारमा २००७ मा स्थापित जनसम्पर्क समितिको महाधिवेशनमा बिगतमा बिकास क्षेत्रका आधारमा प्रतिनिधि बन्ने प्रावधानलाई देश संघियतामा गैसके पछीभने अब प्रदेशबाट प्रतिनिधिहरुले भाग लिने जनाएको

सम्पर्क समितिमा चरम विवाद: मधेसी समुदायले अधिवेशनमा भाग नलिने:
१५ अप्रिलमा बसेको बैठकले अधिवेशन तय गरेपनि नेपाली जनसम्पर्क समिति चरम विवादमा फँसेको छ
गत फाल्गुणमा सम्पन्न नेपाली काँग्रेसको १३ औं महाधिवेशनको लागि नेपाली जनसम्पर्क समितिले आफु मातहत रहेका करीव ५४२ जना काँग्रेसका कियाशील सदस्य मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गर्दा कार्यसमिति बाहेकलाई जानकारी नदिएको, समिति मार्फत महाधिवेशनमा सहभागी हुन पाउने ७ जना प्रतिनिधीमा मधेसी समुदायलाई सम्पूर्ण रुपमा बाहिर राखेको जस्ता विषयलाई लिएर असन्तुष्ट पक्षको छुट्टै संघर्ष समिति गठन गरी संघर्ष गर्दै आई रहेको छ
कतारमा प्रेस कन्फरेन्स समेत गरी नेपाली नेपाली कांग्रेस बाह्रौं महाधिवेशन  प्रतिनिधि समेत रहेका जनसम्पर्क समितिका क्षेत्रीय समन्वय बिभाग प्रमुख शाकीर अलीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनील मण्डल, राम बाबु यादव, याकुव मियाँ सहित कांग्रेस सम्वद्द मधेसी समुदायका क्रियाशील सदस्यहरुको संघर्ष समिति गठन गरी कुल ५४२ मध्ये १५६ जना क्रियाशील सदस्यहरुको हस्ताक्षर सहित केन्द्रमा असहमती पत्र दर्ता गराएका थिए
यसै विच हाम्रा संवाददाताले नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुवेदीलाई फोन सम्पर्क मार्फत 'सिंगो मधेसी समुदाय असन्तुष्ट भई संघर्ष गरी रहँदा मई २७ मा हुने अधिवेशन कसरी सफल हुन सक्ला?' भनी राखेको प्रश्नमा सुवेदीले 'मधेसी समुदाय असन्तुष्ट नरहेको तथा पत्रकारको बुझाइमा गलत भएको' प्रतिक्रिया दिंदै फोनमा कुरा गर्न नसक्ने बताए  संवाददाताले हाम्रो बुझाई गलत हो भने असन्तुष्ट संघर्ष समितिका संयोजक समेत रहेका शाकीर अलीलाई कारवाही प्रक्रिया अघी किन बढाइएको त? भन्ने अर्को प्रश्नको उत्तर दिन अस्वीकार गरी उनले फोन संवादलाई विच्छेद गरे
हामीले असन्तुष्ट पक्षका संयोजक समेत रहेका शाकीर अलीलाई सम्पर्क गरी सोधेका थियौं 'कारवाही भएकै हो त हजुरलाई ?' मौखिक रुपमा आफुलाई संगठनका महामन्त्रीले सात दिने म्याद सहितको स्पष्टीकरण पत्र काटिएको जानकारी दिएको प्रष्ट्याए. 'यो स्पष्टिकरण वा कारवाही केहि होइन, उहाँहरुलाई  कालो अनुहार मन नपरेको प्रमाणपत्र हो' अलीले हाँसेर बताए

सम्पर्क समितिका केन्द्रीय सदस्य समेत रहेका तथा असन्तुष्ट पक्षका सदस्य सुनिल मण्डलले आश्चर्य प्रकट गर्दै भने 'म केन्द्रीय सदस्य मलाई नै थाहा छैन कहिले पूर्ण बैठक बस्यो ? कहिले अधिवेशनको निर्णय भयो ?' अब के गर्नु हुन्छ त के अधिवेशनमा सहभागी बन्नु हुन्छ ? हाम्रो प्रश्नको उत्तर दिंदै मण्डलले भने 'भर्खर नेपाली काँग्रेसको महाधिवेशन सकिएको छ, हाम्रो असहमती पत्र केन्द्रमा उहिल्यै दर्तापनि भएको छ' पत्रमा लेखिएको अंश बताउंदै उनले भने 'केन्द्रले इन्साफ नगरे हामी पार्टी परित्याग वा समानान्तर मध्ये एक विकल्पमा जान बाध्य हुनेछौं' उनले थपे 'स्पष्टरुपमा केन्द्रलाई लेखिएको पत्रमा हामीले भनेका छौं भोली हुने मुठभेडको जिम्मा केन्द्रले लिनु पर्नेछ' उनले आशा व्यक्त गर्दै भने 'भर्खर कांग्रेसमा नयाँ नेतृत्व आएको छ, हाम्रो पत्रमाथि सुनुवाई पक्कै हुनेछ' उनको तर्क थियो 'यो लडाई पद व्यक्ति र रोषको होइन समुदायको प्रतिष्ठाको लडाई हो'  यहि स्थितिमा मई २७ मा हुने अधिवेशनमा आफुहरु सहभागी नहुने उनले जनाऊ दिए

Comments