"इमानदार छात्रवृद्वि कोष" स्थापना: एक रिपोर्ट
डा. इमान्दार नहुँदा बिरामीको किड्नी नै निकालेर बेचिदिने उपचार बापत अत्याधिक रकम असुल्ने, सेवालाई ग्राहेत नदिएर पैसा मुखी हुने आम लत लागेको छ, पढाइ त राम्रै गरेको हो तर फाईदा के त ??? सरकारी अस्पताल र ब्यक्तिगत अस्पतालमा रहेको अन्तरले झन पुरै मनस्थिति सेवा रहित पैसा मुखी देखिन्छ ।
लेखक इमानदार नहुने, कर्मचारी इमानदार नहुने, व्यापारदेखि लिएर राजनीतिसम्म सबै ब्रह्मलुट गर्न पछि नपर्ने अनि कसरी बन्छ राष्ट्र ? देशलाई जान्ने या धनी या खान्दानी मान्छेले जति बिगारेका छ्न त्यति गरिब, या नजान्ने या तल्लो दर्जाका मान्छेले कदापी नोक्सान पुर्याएका छैनन् । तसर्थ यदि देशलाई बनाउनु छ भने इमान्दार मान्छेलाई देशको बाग्डोर दिइनु पर्दछ हरेक क्षेत्रमा, अनि हुन्छ सकारात्मक कायापलट ।
हरेक तह र तप्काबाट बइमानहरुको हालीमुहालीलाई निमिट्यान्न पार्न आजैबाट एकजुट हुनुपर्ने सबैको सोच छ, तर भै रहेको केही छैन। अत: केही त हुनु पर्दछ, केही त गर्नु पर्दछ भन्दै म आफुले पढाइ सुरु गरेको बिधालय श्री सरस्वती प्राथमिकबाट रु १० हजार बराबरको नगद तथा जिन्सी "इमानदार छात्रव्रिद्वी" कोषले इमान्दार बिद्यार्थीलाई प्रोत्साहन स्वरुप दिदै अभियान सुरुवात गरेको छु।
एक रिपोर्ट:
यस अभियानलाई मुर्त रुप दिन मिति २०१६-०४-२७ मा बेलैरी नगरपालिका स्थित श्री सरस्वती प्रा.बि.बैसाखी, कंचनपुरमा २ जना इमानदार विद्यार्थीलाई एक कार्यक्रम बिच उक्त उपहर प्रदान गरियो ।
विद्यालयका शिक्षक श्री भानुभक्त लामिछानेले संचालन गर्नुभएको कार्यक्रममा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्री दिप सिंह ज्यु, बिधालय प्रधानाध्यापक श्री महेन्द्र शाही ज्यु, अभिभावक नवराज शाही, टोल प्रकाश पौडेल, कृष्णराज पाण्डे, बिष्णु घिमिरे, रेडियो बेलौरीका प्रतिनिधि माधव पौडेल लगायत शिक्षक शिक्षिकाको रोहबरमा कक्षा ५ अध्यनरत दीक्षा शाही र रशमी शाहीलाई यो उपहार प्रदान गरिएको हो। उपहार अलिबाबू उर्फ बिनोद प्रसाद पौडेलका बुबा हरि प्रसाद पौडेल तथा आमा शान्ती देबि ज्युको हातबाट प्रदान गरिएको थियो । साथै समाजलाई यस्तो अभियानले महत्त्व राख्ने बताउदै कार्यक्रममा पौडेल दम्पतीलाई दोसल्ला ओढाएर सम्मान पनि गरियो। बिधालय प्राध्यापक श्री महिन्द्र शाहीले यो कदमको उच्छ मुल्यांकन गर्दै देशब्यापी रुपमा इमानदारीता लाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो ।
यो अभियान एक बर्स भित्रै सुदुर पच्छिमका ९ वटै जिल्लामा पुर्याउनु अबको लक्ष्य हुनेछ । सुदुर पच्छिम सेवा समाजको केन्द्रीय सदस्यको नाताले यो अभियानलाई संस्थागत बनाउन समाज संग छलफल पनि भै रहेको छ ।

Comments
Post a Comment