लियो क्लब संस्थाबाट पहिलो पटक मुस्लिम युवा अध्यक्ष चयन



काठमाडौँ, १४ बैशाख । शनिबार मोरङ जिल्लाको लायन्स क्लब इन्टरनेश्नलको युथ प्रोजेक्ट लियोबाट प्रथम पटक मुस्लिम युवा चांद बाबु इराकी जिल्ला परिषद ३२५ ए १ का लागि अध्यक्ष चयन भएका छन् । लियो जिल्ला काउन्सिलको चौथो वार्षिक कन्फ्रेन्स काठमाण्डौको इन्द्रेनि ब्यानक्यूएटमा भएको थियो ।
इराकी २०१६/१७ का लागि अध्यक्ष चुनिएका हुन् ।
उनले सन २००४/०५ देखि लियोमा आफ्नो योगदान दिन्दै आएका छन् । इराकीले उक्त क्लबले गरेको धेरै प्रोजेक्टहरुमा काम गरि सहयोग दिएका छन् ।
(साभार: मुस्लिम आवाज़)

Comments