हिमालयन टाइगरको सम्मानसंगै लमजुंगको पिकनिक सम्पन्न:

दिलीप पराजुली,दोहा
बैशाख १४, कतार । लामो समय संग भूमिगत भएको लामगुंग सेवा समाज कतारले आफ्नु पहिलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ्र । सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्वका चर्चित रेस्लर खेलाडी तथा नेपालका सद्भावना दुत भरत बहादुर बिसुरालको प्रमुख आतिथि रहेको थियो भने कार्यक्रममा बिशेष अतिथिहरु एनआरएन आइसीसी कतारका सदस्य बिनोद भट्टराई मोसु कतारका अध्यक्ष टेकनाथ बराल जनजाति महासंघ कतारका प्रथम उपाध्यक्ष देबराज राई सामाजिक अभियन्ता कुमार कार्की चिरन्जिबी तिम्सिना श्री कृष्ण भट्टराई छम परियार रित कुमार श्रेष्ठ सल्लाहकार सुशील खड्का  तथा विभिन्न सामाजीक सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिबाट लमजुंगको पुरै दृश्य झल्किने ब्यानरको अनावरण गरिएको थियो भने सस्थाका उपाध्यक्ष नबराज नखोलाले सम्पूर्ण आगन्तुक महानुभावहरुलाई स्वागत गर्दै आफ्नु जन्म भुमि प्रति केहि गरु भन्ने भावना सहित यो सस्था पुनर्जीवित गरेको बताए । सामुन्द्रिक किनारमा भएको उक्त बनभोजमा सम्पूर्ण संघ सस्थाको प्रतिनिधि गर्दै मोसु कतारका अध्यक्ष टेकनाथ बरालले स्वागत मन्तब्य राखेका थिए भने सामाजिक अभियन्ता कुमार कार्की देबराज राई श्री कृष्ण भट्टराई आदिले शुभकामना व्यक्त गरेका थिए । सस्थाका सल्लाहकार तथा पहिले स्थापना कालका सदस्य सुशील खड्का संगको छोटो कुराकानीमा उनले भने २०६२ मा सस्था जन्मियो थोरै साथीहरु मात्र थियौ कोहि साथि एनआरएन तिर लाग्नुभयो म पनि राजनीतिक तिर लागे सस्था हेर्ने व्यक्ति भएनन् अन्तत सस्था सुसुप्त हुन् पुग्यो । अहिले आएर दुइ महिना अगाडी मात्र सिताराम थापा र केहि साथीहरुले गर्दा सस्थाले फेरी पुनार्जिबन पाएको बताए ।  लमजुंगको सान तथा प्रमुख आकर्षण व्यक्ति लाई सस्थाले अभिनन्दन समेत गरेको थियो । विशेष अतिथि तथा अध्यक्ष को हातबाट दोसल्ला तथा अभिनन्दन पत्रले सम्मान गरेको थिए । कार्यक्रम प्रमुख अथिति बिसुरालले आफु पहिले नै कतार आउँन चाहेको भए पनि समयले अहिले मात्र सफल भएको बताए । कतारमा लमजुंग सेवा समाज छ भन्दा निकै खुशी भएको बताउदै सस्थाका महासचिव सिताराम थापा लगायत केहि साथीहरु संगको  सम्पर्क पछि  यहाँ आउन सफल भएको बताए । पहिले राजनीतिमा लगेका बिसुराल राजनीतिक असफल भए पछि अमेरिका समेत पलाएय भएका थिए । पछाडी खेल क्षेत्रमा लागेपछि उनले विश्वका ४० भन्दा बडी देशको भ्रमण गरि सकेका छन् । विदेशको यो भुमिमा पनि जन्म भुमि प्रतिको भावना हुनु भनेको हामि नेपालीको सान भएको बताए । उनले छोटो समयमा गरेको यो लमजुंग सेवा समाज लाई हार्दिक बधाई दिदै आउदा दिनहरुमा हातेमालो गर्दै जाने कुरा व्यक्त गरे । सस्थाका संरक्षक पूर्ण बहादुर पोखेरिया र सल्लाहकार  कृष्ण बराल  देखि सम्पूर्ण कार्य समितिमा रहेका पदाधिकारीहरुको लगातारको प्रयास पछि यो बनभोज सम्पन्न भएकोमा सम्पूर्णलाई धन्यवाद दिदै सस्थाका महासचिब तथा कार्यक्रम संचालक सिताराम थापाले बताए । औपचारिक कार्यक्रम को समापन संगै सभापति श्रेष्ठले आगन्तुक अतिथि तथा सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सांगीतिक माहोल तिर लागेको थियो ।​
​ कलाकार तथा मितेरी फ्लिमका अध्यक्ष रित कुमार श्रेष्ठले आफ्नै गित गाउदै सम्पुर्णलाई नचाएका थिए । त्यस्तै कलाकार हरु बुद्धि परियार, बाशुराम परियार, भिम परियार, कमला गुरुङ र अम्बिकाले गित गएर सबैलाई नचाएका थिए ।
कार्यक्रममा बिभिन्न खेल हरु पनि खेलाइएको थियो । डोरी तान्ने जसमा चार समुह को सहभागी थियो भने प्रथम भएको थियो राइसनको टाइगर । त्यस्तै ठेलो हान्नेमा सहभागी  १५ जनालाई पछी पार्दै यम बहादुर गुरुङ पहिलो भएका थिए । उनलाई लमजुंगको साढे समेत घोषणा गरिएको थियो भने फेटा र अबिरले पहिरिएको थियो । उनले पुरुस्कार तथा शिल समेत हात पारेका छन् ।
नब प्रतिभा सास्कृतिक समुहको दमदार प्रस्तुति
बनभोजमा दोहा कै चर्चित सास्कृतिक समुह नब प्रतिभा सास्कृतिक समुहको धमाकदर प्रस्तुति समेत रहेको थियो । लमजुंग सेवा समाज का सदस्य तथा नब प्रतिभा सास्कृतिक समुहकी निर्मलाले मन की चरी भन्ने गित बाट शुरु भएको नृत्यमा  राज लोप्चन तथा कलाकार राज धिरज र निर्मलाले ओइ झुमा बोल को गीतमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।  त्यस्तै जिना मगरले तुडुना र डम्फु भन्ने भाकामा दमदार प्रस्तुति दिएकी थिइन् । बाल कलाकार जेस्ना श्रेष्ठले नाकैमा फुली भन्ने गीतमा सबैको मन चोर्न सफल भईन भने उनको नृत्यले मन्त्र मुग्ध बनाएको थियो । २०१५ मा खोलिएको उक्त सास्कृतिक समुहमा शिब नारायण चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । जसमा उपाध्यक्ष केशब आचार्य सचिब उदय देब खत्री सहसचिब दिपक मगर कोषाध्यक्ष राज लोप्चन रहेका छन् भने सदस्यहरुमा अर्जुन मगर सानु पुलामी मगर आदि रहेका छन्  । दोहामा हुने संघ सस्थाका कार्यक्रमहरुमा हातेमालो गर्दै आएको उक्त सास्कृतिक समूह अहिले निकै अगाडी बढेको छ ।

Comments