कांग्रेस महामन्त्री न्युयोर्कमा:
अप्रिल २२, न्युयोर्क
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला न्युयोर्क आईपुगेका छन् । न्युयोर्क आए लगतै कोइरालाले विवादित नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्कमा भोली हुने भनिएको कार्यक्रमको बारेमा दुवै समूहसँग छलफल गरेर विवाद टुङ्ग्याउनु पर्ने बताएकाछन् । विमानस्थलमा कार्यकताको बाक्लो उपस्थितीबीच पत्रकारसँग बोल्दै कोइरालाले पहिलो प्राथमिकता सबै साथीहरु मिल्नु पर्ने र त्यसो नभएको खण्डमा आफैले कार्यक्रमको लागि दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्ने बताएका हुन् ।
महामन्त्री कोइरालाकै प्रमुख आतिथ्यमा भोली शनिबार न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमिति र न्युयोर्क च्याप्टरले कार्यक्रमको औपचारिक घोषणा गरिसकेको छ ।
आजै बिहान न्युयोर्क आईपुगेका कोइरालाले विमानस्थलमा नेपाली कांग्रेस सरकार परिवर्तन सत्ता प्राप्तिको लागि मात्रै नभएर बिद्यमान समस्याको समाधान र ठोस योजना लिएर मात्रै सरकारमा जानु पर्ने तर्क गरे । जारी मधेस आन्दोलन र काला बजारीको अन्त्य यथासिघ्र गर्नु पर्ने बताउँदै कोइरालाले भने-“सत्तरी बर्षदेखिको अस्थिरता कहिले अन्त्य हुने ? सरकार ढालेर मात्रै अस्थिरता निम्त्याउनु हुन्न ।” राजदूत नियुक्तीको विषयमा सोधिएको एक प्रश्नमा कोइरालाले सत्तारुढ गठबन्धनले एकलौटी निर्णय गरेको र कांग्रेसले छिट्टै संसदमा बिरोध गर्ने बताए ।
विमानस्थलमा जे देखियो
विमानस्थलमा जे देखियो
कांग्रेसको गत तेह्रौं महाधिवेसनमा प्रतिनिधी चयनको विषयलाई लिएर विवादको भुंग्रोमा फसेको नेपाली जनसम्पर्क समिति, अमेरिकाको विवादले यसपालीको महामन्त्री कोइरालाको अमेरिका भ्रमणले बिवादित कार्यकतामा खासै उज्यालो दिने संकेत देखिन्न । यद्यपी विमानस्थलमा कांग्रेस कार्यकता जनसम्पर्क भित्रको विवाद मिलाउनकै निम्ति अनुनय गर्दै गरेको दृश्य देखियो ।
बिहान ९ बजेर १५ मिनेटको निर्धारित समय भन्दा झण्डै एक घण्टा ढिला आगमन कक्षमा ओर्लिएका कोइरालाको स्वागतार्थ ६० जनाको हाराहारीमा विमानस्थल पुगेका थिए । विमानस्थलको प्रतिक्षालयमा नेपाली जनसम्पर्क समिति अमेरिका, केन्द्रिय कार्यसमितिका सभापति आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, कोषाध्यक्ष विजय थुलुङ, सचिव भोजराज थोकर, सदस्य सुबास लामा, न्युयोर्क च्याप्टर समापति रोशन ढुङ्गानाको अलवा अन्य कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । प्रतिक्षालयभित्रै विवादको केन्द्रमा रहेका सभापति विष्ट, महासचिव नेम्बाङ्ग लगायतका अन्य कार्यकर्ताहरु अलग अलग समूहमै बाँडिएर बसेका थिए ।

साधारण पोशाकमा विमानस्थल बाहिरिएका कोइरालालाई सभापति आनन्द विष्ट, विष्णु सुवेदी, मुनिन्द्र नेम्बाङ, रोशन ढुङ्गाना लगायतले पुष्पगुच्छासँगै खदा लगाएर अर्पण गरेका थिए ।

साधारण पोशाकमा विमानस्थल बाहिरिएका कोइरालालाई सभापति आनन्द विष्ट, विष्णु सुवेदी, मुनिन्द्र नेम्बाङ, रोशन ढुङ्गाना लगायतले पुष्पगुच्छासँगै खदा लगाएर अर्पण गरेका थिए ।
त्यसो त नेपाली राजनीतिमा पछिल्लो समय सक्रियता बढाएका बिपी पुत्र कोइरालासँगको अमेरिकी जनसम्पर्क समितिका पदाधिकारीबीच खासै चिनजानी नरहेको विमानस्थलमा छर्लङगै देखिन्थ्यो । न्युयोर्क निवासी कांग्रेसका पुराना कार्यकता श्यामकाजी गुरुङ र अन्य केहिलाई बाहेक कोइरालाले खासै ठम्याउन नसकेको प्रष्ट देखिन्थ्यो भने कार्यकताहरुले स्वागतकै बहानामा तस्बिर खिचाउनको लागि भिँड मात्रै बढाई रहे ।

पुग नपुग दश मिनेटसम्म सञ्चारकर्मीसँगको कुराकानीको क्रममा महामन्त्री कोइरालाभन्दा कार्यकर्ताहरु बढि हतारमा देखिए । विमानस्थलबाट होटलकै व्यावस्थापनमा आएको ६६७२३२ नम्बरको जिएमसी गाडीको अघिल्लो सिटमा बसेर कोइराला कार्यकर्ताहरुसँग हात हल्लाउँदै बिदा भए । महामन्त्री चढेको गाडीमा जनसम्पर्क समितिको तर्फबाट आनन्द विष्ट, बिष्णु सुवेदी पनि सँगै चढेर थिए । कोइराला न्युयोर्कको म्यानह्याटनस्थित शेराटन होटलमा बस्ने भएकाछन् ।

कार्यक्रम कसको आयोजनामा होला ?
यसअघि नै महामन्त्री शशांक कोइरालाकै स्वागतमा न्युयोर्कमा एकै समयमा दुई छुट्टाछुट्टै कार्यक्रमको तय गरिएको छ । नेपाली जनसम्पर्क समिति, केन्द्रीय कार्यसमिति र न्युयोर्क च्याप्टरको आयोजनामा शेर्पा किदुग र सत्य नारायण मन्दिरमा आयोजना गर्ने भनिएको दुवै कार्यक्रममा कोइराला उपस्थित हुने संकेत पातलो हुँदै आएको छ । त्यसो त आफु विवादमा नपरी कोइरालाले छुट्टै कार्यक्रमको आयोजना गर्ने पुर्वानुमान पनि गर्न थालिएको छ ।

यता सभापति आनन्द बिष्टले भोली शनिबार शेर्पा किदुगको सभाकक्षमा आफ्नै सभापतित्वमा कार्यक्रम हुने जिकिर गरे । केन्द्रीय समितिको विवादमा महामन्त्रीलाई नमुछ्न आग्रह गर्दै न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गानाले आफुहरुले कार्यक्रमको आयोजना गर्न पाउनु पर्ने तर्क गरे । त्यसो त न्युयोर्क च्याप्टरले आयोजना गर्ने कार्यक्रममा आफुहरुको पूर्ण सहयोग रहने विभाजित केन्द्रिय समितिका महासचिव मुनिन्द्र नेम्बाङ्ले प्रेसचौतारी डटकमलाई बताए ।


Comments
Post a Comment