संघीय समाजवादी फोरम नेपालकी नेतृ गुरुङ नयाँ शक्तिमा प्रवेश:

मेमनेपाल,
बैशाख १३,कतार। संघीय समाजवादी फोरम नेपालकी नेतृ रिता गुरुङले पार्टी परित्याग गरेकी छिन्
हालै बेलायत भ्रमणमा रहेकी गुरुङले पत्रकार सम्मेलन गरी बाबुराम भट्टराइको नयाँ शक्ति नेपालमा प्रबेश गरेको नयाँ शक्ति नेपालका कतार संयोजक रोशन खरेलले जानकारी दिएका छन्
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले उपेन्द्र यादवसँग पार्टी एकता गरेपनि  मधेस केन्दित बाहेक अरु हुन नसकेको, जनजातिलाई धोका दिएको आरोप लगाउंदै पार्टी परित्याग गरेकी हुन् । देशको बदलिँदो राजनितिक परिस्तिथिमा कथित नक्कली राष्ट्रवादको नारा फलाकेर नथाक्ने वर्तमान सरकारले वास्तवमा देशको विखण्डन चाहेको र आम जनजाति, दलित, मधेसी , मुस्लिम, थारु र उत्पीडित बर्गको अधिकार पहिचानको आधारमा सम्बिधानमा सुनिश्चित नगरेको आरोप लगाउंदै सत्तालिप्साको खेलमा राजामहाराजा फर्काउन लागेको आरोप समेत उनले लगाईंन्

बर्तमान परिस्तिथिमा देशको सांस्कृतिक एकता सहित अखण्ड अखण्ड नेपालको आर्थिक क्रान्तिको नारा लिएर हिडेका डा. बाबुराम भट्टराईको बिचार र सिद्दान्तले मात्रै देशको परिवर्तन र विकास सम्भव रहेको भन्दै आफु नयाँ शक्तिमा प्रबेश गरेको उनको कथन थियो । 

Comments