हिजाब लगाएका मुस्लिम बालिकालाई विधालयले भर्ना लिएन: अभिभावक दुखी


काठमाडौँ, ८ बैशाख भानुभक्त मेमोरियल स्कुल पानीपोखरी, काठमाण्डौले मुस्लिम बालिकाले बिधालयमा हिजाब लगाएर आउन नपाउने भन्दा एक अभिभावक दुखी भएका छन् ।
आफ्नो छोरीको भर्ना गराउन गएका इर्शाद शेख हिजाब लगाएर बालिकालाई बिधालय प्रवेश नदिने कुराले देश धर्मनिरपेक्ष भए पनि शिक्षा दिने संस्थाले धर्मको आधारमा भेदभाव गरेको आरोप लागेका छन् ।
शेख भन्छन, ‘आज सम्पुर्ण धर्म र सँस्कृतीको जगेर्ना गर्दै प्राथामिक तह सम्म मातृभाषामा शिक्षा दिने कुरा उठी रहेको बेला बिधालयको यस्तो रवैयाले शिक्षा क्षेत्र पनि धर्मिक पूर्वाग्रहले चलेको भान भैरहेको छ । अहिले अन्तराष्ट्रिय जगतमा हेर्दा बिभिन्न बिकसित देशहरु जस्तै अमेरिका, जर्मनी, फ्रान्स आदिमा पनि मुस्लिम छात्राहरु हिजाब लगाएर बिधालय जाने गरेको बेलामा पनि यहाँका बिधालयको यस्ता सँकुचित सोँचाईले गर्दा नेपालमा मुस्लिम समुदायलाई अपनत्व महशुस भएन ‘।
शेखले भने ,’पहिले नै प्रवेश परिक्षा भएर ,हिजाबको कुरा नि भैसकेको थियो तर मंगलबार भर्ना गराउन जाँदा प्रधानाध्यापक प्रेम प्रसाद कण्डेल ज्युले हिजाब लगाएर बिधालय आउन पाउदैन भन्नु भयो त्यसपछि बिना भर्ना घर फर्किनु पर्यो ।’
साभार: मुस्लिम आवाज़ 

Comments