विदेशको कमाईले स्वदेशमा सुपरमार्केट: युवाहरुले गरे नेपालमा ३ करोडको लगानी
मेमनेपाल,
बैशाख ६,वैदेशिक रोजगारीमा गएका युवाहरुको एउटा समुहले करिब ३ करोड रुपैयाँ लगानीमा सुपरमार्केट संचालनमा ल्याएका छन् ।
नयाँबर्षको अबसर पारेर गत बैशाख १ बुधबारदेखि कतार, दुबई, बहराइन, हंगकंग लगाएत अन्य देशहरुमा कार्यरत करिब ३० जना नेपाली युवाहरुको समूहले काठमाडौको तीनकुनेमा आधुनिक सुपरमार्केट संचालनमा ल्याएका हुन्।
करिब ७ बर्ष पहिले कतारबाट ५/७ जनाको समुहले शुरु गरेकोअभियानले आखीरकार मुर्त रुप पाएको छ ।
करीब ५ वर्ष पहिला महानगर सहकारी सस्था नामबाट दर्ता गरी अघी बढेको अभियानमा करीव ६५ जना भन्दा धेरै व्यक्तिहरुको संलग्नतारहेको छ भने महानगर सहकारी सस्थामा करिब १ सय भन्दा बढी शेयर धनीहरुरहेको महानगर सहकारीका प्रबन्धक निर्बाचन राईले जानकारी दिए l
सोहि सहकारी सस्था मार्फत करिब ३० जाना युबाहरुले करिब ३ करोड रुपैयाँकोलगानीमा राजधानी स्थितसुबिधानगर, तीनकुने काठमाडौंमा आधुनिक सुपरमार्केट संचलानमा ल्याएका छन् जुन मार्केटमा आँफैले बिभिन्न तरकारी खेती लगायत अन्य खाध्यबस्तु उत्पादन गरी बिक्री वितरण गर्ने उदेश्य राखका छन् ।
अहिले सुपरमार्केटमा दैनिक उपोग्य वस्तुहरु दाल, चामल, तरकारी, फलफुल, पेय पदार्थ, मदिरालगायतका खाद्य सामग्री राखिएको छ । सुपर मार्केटका म्यानेजर निर्वचन राईले कम मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले मार्केट सुरु गरिएको बताए ।
उक्त मार्केटको उदेश्य सुरुमा मात्र नभई दीर्घकालिन रुपमै अन्य प्रतिस्पर्धीभन्दा कम मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने भएको छ l बिक्री गरिने वस्तुहरुमा नाफाको अनुपात निकै कम राखिएको जानकारी समेत ब्यबस्थापन पक्षले जानकारी दिएका छन् l ‘तत्कालको लागि सामान हेरेर बाहिरको भन्दा ५ देखि २५ प्रतिशतसम्म कम मूल्यमा सेवा उपलब्ध गराउने भएको छ । तेसै गरि उक्त मार्केटमा लगानीकर्ता मध्ये अधिकांश वैदेशिक रोजगारका लागि विदेशमा रहेका वा गएर फर्किएकाहरु छन् ।
विदेशमा कमाएको रकम र अनुभवलाई स्वदेशमा आएपछि पनि राम्ररी सदुपयोग गर्न सकिने र स्वोदेश फर्किय पछि पनि बेरोजगार हुनु नपर्ने उदाहरण पनि हो,प्रबन्धक राईले भने, ‘यो वैदेशिक रोजगारमा गएका नेपालीहरुले आफ्नो कमाई व्यवस्थित गराउने एउटा अभियान पनि हो ।’
यस सुपरमार्केटका म्यानेजर राई स्वोइम पनि करिब १६ वर्ष बैदेसिक रोजगारमा दुबाई लगाएत कतारमा काम गरेर फर्किएका हुन् । उनले त्यहाँको चर्चित सुपरमार्केट कम्पनी ‘क्यारी फोर’को म्यानेजर भएर काम गरेका थिए ।







Comments
Post a Comment