विविध कार्यक्रम सहित सुप सेवा समाज कतारले नयाँ वर्ष मनायो:

मेमनेपाल,

बैशाख ११,कतार  सुदुर पच्छिम सेवा (सुप सेवा) समाज कतारले बिबिध मनोरन्जनात्मक कार्यक्रम गरी "नयाँ बर्ष मनाएको छ
गत सुक्रबार कतारको एक रेस्टुरेन्टमा नयाँ वर्ष २०७३ को पावन अवसर पारेर शुभकामना आदान-प्रदान तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो
संस्थाकाका अध्यक्ष अमृत शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका पाहुनाहरु बागमती सरसफाअभियानका अभियन्ता किशोर सिंह शाही, नेपाली कथानक चाचित्रका 'भरोसा तिम्रै का निर्देशक रामशरण पाठक ,सोही चलचित्रकी निर्मात्री तथा दर्शन नेपाल सामाजिक संस्था की अध्यक्ष रन्जु प्रधान, बेली निर्त्यांगना प्रमीला खनाल, मदन पुरुस्कार बिजेता युबराज नयाँघरे एवं ,अर्थ रोजगार प्रालीका डाइरेक्टर उद्दब भट्टराई, नमस्ते नेपाल हातेमालो संस्थाका  केन्द्रिय उपाध्यक्ष हिमाल शर्माको सहभागिता रहेको थियो

समाजले शुभकामना तथा मनोरन्जनात्मक कार्यक्रमबाट संकलित रकम विभिन्न कारणले कतारका जेल तथा फिर्ती केन्द्रमा रहेका नेपालीहरुको सहयोगमा खर्चिने भनी गरेको संस्थागत निर्णय बमोजिम उक्त कार्यक्रम मार्फत संकलित रकम मध्यबाट नेपाली दुताबास तथा गैर आवासीय नेपाली संघको रोहवरमा मृगौला पिडित प्रेम जैशीलाई एकलाख एघार हजार एकसय एक नेपाली रुपैया हस्तान्तरण गरिएको
संस्थाका संरक्षक नरेन्द्र भाटको प्रमुख आतिथ्य रहेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरुका साथै स्थानीय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुती दिएका थिए
कार्यक्रममा आफ्नो शुभकामना प्रकट गर्ने वक्ताहरुले छोटो अवधी मै संस्थालाई  उचाईमा पुर्याएर कतारमा विछट्ट नमुना पेश गरेको भन्दै सुपसमाजले ९ जिल्लालाई जोडेर संस्थागत हुन सक्नु अर्को उपलव्धी औल्याएका थिए
कार्यक्रममा अतिथीहरु एनाअरएनका आइसिसी तथा एनसीसीका व्यक्तित्वहरु, वैचारिक संस्थाहरु तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो





Comments