भुटहाका सद्दाम किंग साउद विश्वबिधालयद्वारा उत्कृष्ट बिधार्थीमा सम्मानित

मेमनेपाल,
वैशाख १४ । सुनसरी रामनगर भुटहा ९ का  सद्दाम हुसैन अंसारीले साउदी अरबको किंग साउद युनिभर्सिटीबाट उत्कृष्ट  बिधार्थीको सम्मान पाएका छन्।

विगद दुई वर्षदेखि 'अरबिक भाषा तथा संस्कृति' विषयमा बि.ए.मा अध्ययनरत सद्दामले उक्त सम्मान गत वैशाख ०६  मा युनिभर्सिटीद्वारा आयोजना गरिएको वार्षिक कार्यक्रममा पाएका हुन् ।
निम्नवर्गिय परिवारका सद्दाम सानै देखि मेहनती र लगनशिल थिए । प्रारम्भिक शिक्षा उनले बालकृष्ण उमावि. भुटाहाबाट हासिल गरेका हुन् भने ‌प्लस टु को शिक्षा इनरुवा-९, बलाहा स्थित शारदा उमाबि. बाट हासिल गरेका हुन। त्यसै गरी कम्प्युटर तथा सुचना प्रविधि सम्बन्धि दुई वर्षको शिपमुलक तालीम इनरुवा स्थित कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंगबाट लिएका हुन।
उक्त वार्षिक कार्यक्रममा सद्दाम नेपाली पोशाकमा सजिएका थिए । उनी भन्छन 'आफु जहाँ भएपनि यो मनमा नेपाल छ र म विश्वमा नेपाललाई चिनाउने प्रयाशमा छु ।' सद्दाम सोहि विश्वविधालयले प्रदान गरेको छात्रवृद्वि कोटामा छनौट भई अध्यनरत छन् । उनको आर्थिक अभावलाई मध्यमवर्गीय गरी विश्वबिधालयद्वारा पार्टटाइम कामको व्यबस्था अनुरूप  कम्प्युटर डाटाइन्ट्री अपरेटरको काम दिएको छ । सद्दाम भन्छन 'नेपाल मै हुँदा मैले लिएको शिपमुलक तथा कम्प्युटर तालीमले  मलाइ सघाएको  छ।'

Comments