गोरखा सेवा समाज कतारको अक्षयकोष समापन कार्यक्रम जुन ३ मा हुने: NRNA ICC उपाध्यक्ष पन्त कतार आउदै।
नवराज सिंखडा 'जिज्ञासु'
मार्च २०,कतार। शिक्षाका अवसरबाट बन्चित अनाथ, असहाय बाल बालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्ने उद्देश्यले गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षयकोष कार्यक्रम ३ जुन २०१६ दोहा स्थित सालिमार होटल नज्मामा औपचारिक रुपमा समापन हुने भएको छ।
गत मार्च ४ का दिन प्रेस बिज्ञप्ति जारी गर्दै गोरखा सेवा समाज कतारले अक्षयकोष कार्यक्रममा सहयोग गर्न सबैलाइ अपिल गरेको थियो।
गत मार्च ४ का दिन प्रेस बिज्ञप्ति जारी गर्दै गोरखा सेवा समाज कतारले अक्षयकोष कार्यक्रममा सहयोग गर्न सबैलाइ अपिल गरेको थियो।
उक्त दिन हुने अक्षयकोष समापन तथा सहयोगिहरुलाइ सम्मान गर्ने कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न एनआरएनए आइसिसि उपाध्यक्ष कुमार पन्त आउनुहुनेभएको छ।उक्त कुराको जानाकारी गोरखा सेवा समाज कतारले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारलाइ समेत जानकारी गराइसकिएको छ।
गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षयकोष कार्यक्रममा सहयोग गर्ने क्रम बढिरहेको छ।यस कार्यक्रममा सहयोग गर्ने इच्छुक महानुभाबहरुले राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाको खाता नम्बर ३०६०००७२९२०१ मा सिधै रकम जम्मा गर्न सकिने ब्यबस्था समेत मिलाएको छ।
गोरखा सेवा समाज कतारका अध्यक्ष सुदर्शन भट्टले दिनुभएको जानाकारी अनुसार हाल सम्म निम्नलिखित ब्यक्तिहरुले अक्षयकोष कार्यक्रममा सहयोग गर्ने प्रतिबद्दता जनाइ सक्नुभएको छ।
१. दिल भट्टराई बुटवल रुपन्देहि ५८,४०० ने.रु (२००० क.रि)
२.बद्री प्र लामिछाने खोप्लाङ ८ भुलभुले गोरखा ५१,००० ने.रु।
३.अशोक श्रेष्ठ खोप्लाङ २ पुतलिखेत ५१,००० ने.रु।
४.दिपक लामिछाने धावा २ चौतरा गोरखा ५०,१०१ ने.रु।
५.टोप ब.खड्का त.मा.ला.बो ५ थाले गोरखा २५,५५५ ने.रु।
६.ज्ञानेन्द्र न्यौपाने आरु आर्वाङ गोरखा २५,५०० ने.रु।
७.राजु पुडासैनी तान्द्राङ १ टरिफाट गोरखा ११,१११ ने.रु।
ताम्रपत्र लगायत अन्य सम्मानको पनि तयारी गर्नु पर्ने भएको हुनाले सहयोग गर्न चाहने सबैलाइ छिटोभन्दा छिटो आफुले सहयोग गर्ने प्रतिबद्दता जनाउनुहुन पनि आग्रह गरेको छ।



Comments
Post a Comment