सुप समाज कतारको कार्यक्रम: सल्लाहकार अवस्थीको विदाई
सुदुर पच्छिम समाज कतारले समाजका सल्लाहकारलाई विदाई तथा गरेको छ।
आफ्नो करीव २० वर्ष लामो बसाईलाई बिट मार्दै स्वदेश फिर्न लागेका सल्लाहकार देवराज अवस्थीलाई सुक्रबार एक कार्यक्रमका विच सम्मान तथा विदाई गरिएको हो।
समाजका अध्यक्ष अमृत शाहीको सभापतित्वमामा सम्पन्न कार्यक्रमको प्रमुखअथिती संस्थाका सल्लाहकार सदस्य महेश जोशी थिए भने विशिष्ट अथितीमा सल्लाहकार देबराज अबस्थी ,प्रेम चलाउने ,जय बहादुर बिस्ट थिए। अथितीहरु सुप समाज सांस्कृतिक परिवारका संयोजक गंगादत्त गिरी साथै सैलिया इकाई कमिटी तथा सनैया इकाई कमिटी र अलवकरा इकाई कमिटीका अध्यक्षहरु थिए।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष सुरेन्द्र बिस्टले स्वागत गरेका थिए। शुभकामना मन्तव्य राख्दै वक्ताहरुले अवस्थीको समाजप्रतिको देनलाई सबैले शिक्षाका रुपमा लिंदै सामाजिक हितमा अग्रसर रहने मनशाय व्यक्त गरेका थिए।
कार्यक्रममा दित्तीय उपाध्यक्ष नर बहादुर बिस्ट ,तिर्तिय उपाध्यक्ष लिला अधिकारी ,केन्द्रिय सदस्य अली बाबू पैडेल ,प्रेम चलाउने , देबराज अबस्थीले लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए।







Comments
Post a Comment