रक्तदान कार्यक्रममा सहभागी बन्न एनसीसी कतारको आवहान:
एनआरएनए एनसीसी कतारको आयोजना तथा हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा आगामी १८ मार्च २०१६का दिन रक्तदान शिबिर संचालन हुने भएको छ।
प्रत्येक वर्ष एनसीसी कतारको आयोजनामा रक्तदान शिविर संचालन हुँदै आई रहेको छ।
एनसीसी कतारको आधिकारिक फेसबुक पेज मार्फत जनाइए अनुसार कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुमा रक्तदानको लागि सार्वजनिक अपील गरिएको हो।
रक्तदानको लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनु पर्ने कुराहरु:
१)रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ ।
२)रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३)अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ ।
४)एन्टीबायोटिक तथा अन्य औषधी सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनुपर्नेछ ।
५)अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न नहुने ।
६)रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।
७)रक्तदाताको उमेर १८-६५ बर्षको बीचमा हुनु पर्नेछ ।
८)रक्तदाताको तौल कम्तिमा ५० किलो हुनु पर्नेछ ।
रक्तदान कार्यक्रम बिहान बिहान ८ बजे देखि दिउसो १२ बजे सम्म हमड हस्पिटल, रक्त संकलन केन्द्रको परिसरमा हुने आयोजकले जनाएको छ ।
इच्छुक व्यक्ति तथा संघ संस्थाले सहभागीता जनाउन तथा थप जानकारीको लागि एनसीसी कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेल - ३३९४५८९८, तथा महासचिव ई नन्द गर्बुजा - ५०२९४३११ को नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।



Comments
Post a Comment