६ करोडको सेयर खुल्दा एकैदिन सवा अर्वको आवेदन



२८ फागुन, काठमाडौं । सर्वसाधारणका लागि निष्काशन भएको सेयरमा लगानीकर्ताहरुको आकर्षण अत्ययधिक बढ्दै गएको छ । साधारण सेयरमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने निश्चित भएपछि लगानीकर्ताहरु यसतर्फ आकषिर्त भएका हुन् ।


मेरो माइक्रोफाइनान्सले निष्काशन गरेको ६ करोडको साधारण सेयर (आइपीइओ) मा एकैदिन १ अर्ब १५ करोड रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइइमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

‘निष्काशन गरेकेा पहिलो दिन नै माग गरेकोभन्दा ६ गुणा बढी आवेदन परेको छ,’ सीइओ ढकालले अनलाइनखबरसँग भने । कम्पनीले ६ लाख १२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिहीबारादेखि बिक्री खुल्ला गरेकेा थियो ।

निष्काशित सेयरमध्ये ३० हजार ६ सय कित्ता सामूहिक लगानी कोष, २४ हजार ४ सय ८० कित्ता कर्मचारीहरुको लागि र ५ लाख ५६ हजार ९ सय २० कित्तामात्रै सर्वसाधारलाई छुट्टाएको छ ।

छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म सर्वसाधारणले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । पहिलो दिन नै अत्यधिक आवेदन परेकाले चैत १ मै कम्पनीको सेयर बिक्री बन्द हुने देखिएको छ ।

१ सय रुपैयाँ प्रतिशेयर मूल्य रहेको कम्पनीको शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् ।

Comments