नेपाली जनप्रगतिशील मन्च,कतारको चौथो अधिवेशन अप्रिल १५ मा हुने: कतारमा कार्यरत मजदुर वर्गको विशेस चाँसो
मञ्चको चौथो महाधिबेशनको पुर्बसन्ध्यामा विभिन्न कारणले वैदेसिक रोजगारमा रहेका पुर्बजनमुक्तिसेना देखि समर्थक तथा शुभचिन्तकहरुले सम्पर्क बढाई रहेको अधिवेशन आयोजक समितिका एकजना सदस्यले हामीलाई जानकारी दिएका छन्।
एनेकपा माओवादीको अन्तर्राष्ट्रिय ब्युरो अन्तर्गत रहेर सन २००८ जनवरीमा जनार्दन गिरीको अध्यक्षतामा गठन भएको नेपाली जनप्रगतीशिल मञ्च कतारले मुख्यगरी मजदुर हितको पक्षमा उल्लेख्य कार्यहरु गर्दै आई रहेको छ। राजनतिक पृष्ठभुमि बोकेको वैचारिक संगठन भएपनि पिडितहरुको पक्षमा काम गर्दै आई रहेकोले यस संगठनमा विसेसगरी आम मजदुरहरुको गहिरो चाँसो रहेको अधिवेशन आयोजक समितिका संयोजक सनी कुमार ओलीले हामीलाई बताए।
नेकपा माओवादीको भूमिगत कालमा स्थापित मन्च समयानुक्रम देशमा माओवादी पार्टी बिभाजनसँगै प्रभावित हुँदै आई रहेको भएपनि मञ्चबाट अलग्गिएर गठन भएका विभाजित दलका अन्य वर्गीय संगठनहरु त्यति सक्रिय देखिएका छैनन्,तथापि जनप्रगतिशील मञ्च भने सक्रिय रहँदै आएको छ।
२०१६ अप्रिल १५ तारिख शुक्रबार हुने महाधिवेशनको लागि मञ्चका निवर्तमान अध्यक्ष होमनाथ शर्माको नेतृत्वमा मुल ब्यबस्थापन आयोजक समिति रहने गरि संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई विभिन्न बिभागिय जिम्मेवारी बाँडफाँड गरी कार्यक्षेत्रमा खटाई सकिएको चौथो महाधिवेशन आयोजक समितिका संयोजक शनि कुमार ओलीले जानकारी दिए। 'अहिले मूलत: सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण एवं विभिन्न क्षेत्रमा संगठन विस्तारलाई हामीले तीव्रता दिई रहेका छौं' संगठन बिभाग सदस्य हरी मगर(आकाश) र युवा बिभाग सदस्य लक्ष्मण कँडेलले बताए।
त्यसैगरी प्रचारप्रसार बिभागमा प्रेमकुमार बिक र प्रेम लामा, सुचना तथा सञ्चार बिभागमा होम बस्नेत, यातायात बिभागमा टिकाराम भण्डारी, कार्यक्रम तथा हल ब्यबस्थापनमा बुद्धि भण्डारी, बिधान संसोधन बिभागमा रकमध्वज राई लगायतले आ-आफ्नो जिम्मेवारीलाई तिब्रता दिएको निवर्तमान अध्यक्ष होमनाथ शर्माले जानकारी दिए।
महाधिवेशनको लागि नेपालबाट प्रतिनिधि खटाई दिन एमाओवादी मुख्यालयमा पत्राचार गरिएको साथै विश्वभरका जनप्रगतिशील मञ्चहरुलाई समेत निमन्त्रणा संदेश पठाउने कार्य भई रहेको पुर्व अधक्ष्य रमेश भट्टले जानकारी गराए।
चौंथो महाधिवेशन आयोजक समितिका संयोजक रहेका शनी कुमार ओली माओवादी युद्धकालमा भुमिगत राजनीति गरेका पुर्बलडाकु तथा तत्कालिन सेनाको कारवाहीमा सेनाले मृत्यु घोषित गरेका जीवित योद्धा समेत हुन्। एनेकपा माओवादी खुल्ला राजनीतिमा आएपछि राज्यसमिति सदस्यको हैसियत बनाएका ओली पुर्णकालिन पार्टी सदस्य हुन् भने विभिन्न कारणले हाल कतारमा कार्यरत रहँदै जनप्रगतिशील मंच कतारमा मूलत: सरक्षकको भुमिका निर्वाह गर्दै आई रहेका रहेका छन। 

Comments
Post a Comment