कम्युनिटी फुटबलमा नेपालले दक्षिण कोरियालाई हरायो: 'अर्को खेल फिलिपिन्ससँग हुने'
मेमसमाचार,
फाल्गुन २९, कतार। कतारमा जारी एसियन समुदायस्तरीय आप्रबासी फुटबल लिग अन्तर्गत भएको खेलमा नेपालले दक्षिण कोरियालाई हराएको छ।
फाल्गुन २९, कतार। कतारमा जारी एसियन समुदायस्तरीय आप्रबासी फुटबल लिग अन्तर्गत भएको खेलमा नेपालले दक्षिण कोरियालाई हराएको छ।
कतारको अल-थुमामा स्थित कतार फुटबल एसोसियसन (क्युएफए) को प्रविधिक खेल मैदानमा शुक्रबार राती सम्पन्न खेलमा नेपालले जीत पारेको हो । खेलको १२ औं मिनेटमा कोरियाले नेपालमाथि १ गोलको अग्रता लिएको भएपनि त्यसको २ मिनेट मै नेपालको लागि आकास महत्तोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलेको १७ मिनेटमा कोरियाले पेनाल्टी मार्फत २-१ को अग्रता लिंदै पहिलो हाल्फ सकिएपनि दोश्रो हाफको सुरुवातमै अमिर श्रेष्ठले मैदानको बीच भागबाटै प्रहार गरेको बलले कोरियन जाली चुमेपछि खेल रोचक बन्न पुग्यो। ५१ औं मिनेटमा अर्जुन सुब्बाले र ७१ औं मिनेटमा प्रकास गिरीले गोल गर्दै नेपाललाई ४-२ अन्तरले जीत सहज भएको हो।
एसियन आप्रबासी लिग चरण २०१६ को संस्करणमा नेपालको यो निरन्तर दोस्रो जीत हो। यसअघि नेपालले जापानलाई २-०ले पराजित गरी सकेको छ । भने अर्को खेल मार्च २४ मा फिलिपिन्ससँग हुदैछ।
एसियन समुदायविचको आप्रबासी लिग प्रतियोगितामा नेपाल लगायत जोर्डन, लेबनान, भारत, सिंगापुर, चीन, थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, कोरिया र जापानको सहभागीता रहेको छ।
नेपाली फुटबल टिमको २०१६ खेल संस्करणको लागि मुख्य प्रायोजक सीटी एक्स्प्रेस रहेको छ।
(तस्वीर: होम कार्की)
(तस्वीर: होम कार्की)

Comments
Post a Comment