कतार जान लाग्दा ठगिएका जगनाथले दलाललाई कायल बनाए
आठ लाख रुपैयाँको साँवा व्याज दलालले फिर्ता गरे
सुष्मा साह ।
सर्लाही, चैत ५ - विदेश पठाउन लागेको युवाले अप्ठेरोमा पार्ला भन्ने अवैधानिक रुपमा काम गर्ने दलाल अनिल साहले सोचेका पनि थिएनन् । किनकि उनले यस अघि पनि धेरै युवालाई चर्को शुल्क लिएर विभिन्न देशमा पठाइसकेका थिए ।
तर सर्लाहीको मलंगवा ३ का जगनाथ साहले आठ लाखको ब्याज सहित नौ लाख ९० हजार रुपैयाँ फिर्ता गर्न दलाललाई बाध्य बनाउनुभयो । सो रकम २०७१ साल मंसिर ४ गते जगनाथले अनिललाई कतार जानको लागि बुझाउनुभएको थियो । रोजगारीको लागि विदेश जाने निर्णय गरेका जगनाथले छिमेकी अनिललाई विश्वास गरेर उनी मार्फत नै प्रक्रिया थाल्नु भएको थियो ।

कतारको नगरपालिका कार्यालयमा सरसफाई गर्ने कामको माग आएको भन्दै अनिलले जगनाथलाई पठाउने भने । कतारमा अदक्ष कामदारको तलव झण्डै १ हजार रियाल तोकिएपनि जगानाथलाई २२ सय रियालको आशा देखाएका थिए । महिनाको झण्डै ६० हजार रुपैयाँ कमाई हुने देखेपछि जगानाथले आठ लाख रुपैयाँ अनिललाई बुझाउनु भएको थियो । तर केहि दिनमै भिसा आउँछ भन्दै पैसा र पासपोर्ट बुझेका दलाल अनिल दुई महिनापछि सम्पर्कविहिन भए ।
अनिललाई खोज्दा खोज्दै सात महिना बित्यो । जगनाथलाई साहुले ताकेता गर्न थालिसकेका थिए । वैदेशिक रोजगारमा गएर तिर्छ भन्ने आँटले दिएका साहुपनि जगनाथ विदेश नगएको खबरले पैसा नउठ्ला भनेर अत्तालिइसकेका थिए । जगनाथको परिवारलाई पनि ऋण काडेको पैसा लिएर दलाल फरार भएपछि मन पोलीसकेको थियो ।
ऋणको पीडाले भौतारीएका जगनाथ गएको जेठ २७ गते सर्लाहीको मलंगवा सूचना केन्द्रमा सल्लाह तथा सहयोग खोज्दै पुग्नुभयो । लामो समयदेखि सम्पर्क हुन नसकेको अनिलको नम्बरमा सूचना केन्द्रबाट फोन गर्दा उनका बुबाले उठाए । जगनाथले फोनमा भन्नुभयो, ‘तपाईंको छोराले मलाई ठग्यो, अव म प्रहरी कार्यालयमा उजुरी गर्छु ।’
प्रहरीकहाँ उजुरी पुग्ने भएपछि अनिलका बुबाले अतालिँदै भने, ‘उजुरी नगर्दिनुस्, प्रहरीकहाँ उजुरी पुगेपछि हाम्रो इजेत बर्बाद हुन्छ, छोराले पासपोर्ट र ब्याज सहित पैसा फिर्ता गर्छ ।’
नभन्दै २०७२ सालको असार १ गते अनिलले पैसा फिर्तात गरे तर ५ लाख रुपैयाँ मात्रै । बाँकी रकम हप्तादिन भित्रमा दिन्छु भनेका अनिलका बाबुछोरै फेरी सम्पर्कबिहिन भए ।
१० दिन सम्म पनि बाँकी पैसा नदिएपछि जगनाथ फेरी सूचना केन्द्र पुगे । अनिल काठमाडौं बसेका रहेछन् । तत्काल फोन गरेर केहि दिन भित्रैमा बाँकी पैसा फिर्ता गर्छु भने । जगनाथले ३० प्रतिशत ब्याज सहित साउन ५ गते ४ लाख ९० हजार रुपैयाँ फिर्ता पाउनुभयो । एजेन्टबाट फिर्ता आएको ९ लाख ६० हजार साहुको ऋण तिरेर ३० हजार रुपैयाँ बच्यो । भर्पाइ गरेर दिएकाले जगनाथसँग पैसा बुझाएको प्रमाण थियो । त्यही भएर उहाँलाई उजुरी गर्नै परेको भएपनि आँट थियो ।
दलाललाई कायल बनाएका जगनाथ अहिले साउदी जाने तयारीमा लाग्नु भएको छ । यसरी अनिलजस्तै अवैधानिक दलाल देशभर सक्रिय छन् । जसले गाउँका सोझा सिधा युवालाई वैदेशिक रोजगारीमा पठाउँदा वा पठाउने नाममा धेरै पैसा लिएर ठगिरहेका छन् । कतिपयको पैसा खाएर भागेका छन् । तर पैसा बुझाएको प्रमाण नहुँदा पीडित युवालाई उजुरी गर्न र कानूनि उपाय खोज्न समेत अप्ठेरो छ । जगानाथले जसरी दलाललाई कार्बाहीमा ल्याएका घटना विरलै पाइन्छन् । पीडितसँग प्रमाण हुने हो भने यस्ता दलाल कायल बनाउन सकिन्छ भन्ने पात्र हुन जगनाथ ।
(साभार:उज्यालो अनलाइन)
(साभार:उज्यालो अनलाइन)

Comments
Post a Comment