राजनितिक हस्तक्षेपका कारण गोरखाका सिडियो, एलडिओ दुवैको सरुवा
मोहसिन अलि मियाँ,फाल्गुन २,गोरखा । जिल्लामा कार्यरत गोरखाका प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारी दुवैको सरुवा भएको छ । जिल्लामा शक्तिशाली कार्यालयका प्रमुखहरुको सरुवामा प्रत्यक्ष राजनितिक हस्तक्षेप भएको देखिन्छ । यसले जिल्लाका विकास निर्माणलाई समेत असर गर्ने कतिपयको ठम्याई छ भने कतिपय कर्मचारीको सरुवा स्वभाविक भएको बताउछन् ।
कसरी भयो सिडियोको सरुवा ?
जिल्लामा कार्यभार सम्हालेको ४२ दिन मै गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम सप्तरी सरुवा भएका छन् । गृह मन्त्रालयले उनलाई सप्तरी पठाउने र सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणदत्त भट्ट गोरखा आउने बताएको छ । उनि गत माघ ६ गते मात्र गोरखा आएका थिए ।
जिल्लामा कार्यभार सम्हालेको ४२ दिन मै गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम सप्तरी सरुवा भएका छन् । गृह मन्त्रालयले उनलाई सप्तरी पठाउने र सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणदत्त भट्ट गोरखा आउने बताएको छ । उनि गत माघ ६ गते मात्र गोरखा आएका थिए ।
गत शनिबार एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका बेला जिल्लामा सम्मानजनक ब्यवहार नभएको भन्दै पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा चर्को असन्तुष्टी पोखेको ३ दिनमै प्रजिअ गौतमको सरुवा भएको हो । पूर्वप्रधानमन्त्री भइसकेको मान्छे एउटा राजनितिक पार्टीको अध्यक्ष जिल्ला आउदा स्थानिय प्रशासनले देखाएको ब्यवहारलाई लिएर प्रचण्डले गृहमन्त्रीसंग कुरा गरिसकेको प्रशिक्षण कार्यक्रममा बताएका थिए ।
जिल्लामा पार्टि कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न गोरखा अएका उनि यसको परिणाम नराम्रो हुने बताएर काठमाण्डौ फर्केको ३ दिनमै प्रजिअ गौतमको सरुवा भएको खबर आएको स्रोत बताउछ । प्रचण्ड गोरखा आएको दिन सिण्डिकेटको नाममा यातायात ब्यवसायी समिती गोरखाले सदरमुकाममा गाडी राखेर ग्रामिण रुटमा यातायात बन्द गराएका थिए ।
किन गए एलडिओ मन्त्रालय ?
संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले गोरखामा नया स्थानिय बिकास अधिकारी पठाउने निर्णय गरेको छ । केहि दिन अघि काठमाण्डौ गएका गोरखाका एलडिओ प्रेमराज गिरी मन्त्रालय मै काजमा बसेपछि नया एलडिओ आउन लागेको हो । उधोग मन्त्रालय अन्तरगत काठमाण्डौ घरेलु कार्यालयको प्रमुख रहेका नारायण आचार्य नया एलडिओको रुपमा गोरखा आउन लागेको जिविसले जनाएको छ ।
जिल्ला परिषद चलिरहदा अचानक एलडिओ काजमा बसेपछि जिल्लामा अन्यौल बढेको छ । राजनितिक परामर्श समितीमा आबद्ध दलहरु बिवाद बढ्दै गए पछि एलडिओ गिरीले एक महिनाको बिदा मागे पनि बिदा स्विकृत नभएपछि उनि पुनः जिल्ला आएका थिए । आए लगत्तै नया शक्ति निर्माण अभियान लगायतका राजनितीक दललाई पनि परामर्शमा सहभागिता जनाउन पाउने निर्णय गरेका गिरीको निर्णय प्रति एमाओबादीले असन्तुष्टि जनाएको थियो । मन्त्रालयको कर्मचारीबाट नया शक्ति लगायत सबैलाई मिलाएर लैजानु भन्ने निर्देशन दिए पछि उनि दोहोरो मारमा परेका थिए । त्यो बिबाद सकिए पछि परिषदको निर्णय सार्वजानिकीकरण कार्यक्रममा कस्लाई प्रमुख अतिथी बनाउने भन्ने बिषयमा बिबाद भएको थियो ।
एमाओबादी लगायतका दलले उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई ल्याउने प्रस्ताव गरेता पनि राप्रपा नेपालले स्थानिय बिकास मन्त्री तथा पार्टीका अध्यक्ष कमल थापालाई ल्याउनु पर्ने भने पछि बिवाद बढेको स्रोतको दावी छ ।
यि बिविध बिवाद र समस्याका कारण फाल्गुन १९ गते भनिएको परिषदको निर्णय सार्वजनिकरण कार्यक्रम समय अभाव भएको भन्दै फाल्गुन २८ गतेका लागी सारिएको जिविसले जनाएकोछ ।



Comments
Post a Comment