१० लाखको अक्षयकोष स्थापनाको लागि गोरखा समाजको अभियान: "हालसम्म ६ लाख रकम जुट्यो"

मेमनेपाल,
१४ चैत, कतार । "तन, मन, बचन र कर्मले सेवा गरौं" भन्ने मुलमन्त्रलाई आत्मासात गर्दै गोरखा सेवा समाज कतारद्वारा अक्षयकोष स्थापनार्थ संचालित अभियानममा आवद्ध हुँदै कतारबाट सहयोग जुट्न थालेको छ हालसम्म कतारबाट मात्र करीव ६ लाख रुपैयाँ सहयोग भएको समाजका अध्यक्ष सुदर्शन भट्टले जानकारी दिए साथै विभिन्न मुलुकबाट समेत यस अभियानप्रति सहयोगको प्रतिवद्दता प्राप्त भएको भट्टले बताए

अनाथ, असहाय र शिक्षाका अवसरबाट बन्चित वाल बालिकाहरुको शैक्षिक कार्य र विकाशमा सहयोग पुर्‍याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त गोरखा जिल्लाका दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्न, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्य लिई गोरखामा ने.रु.१० लाख सम्मको अक्षय कोष स्थापनाको लागि योजना अघि बढाएको गोरखा सेवा समाजले यस योजनालाई सफल तुल्याउन सम्वन्धित सबैमा अपील गरेको छ
यसका इलावा भुकम्पबाट क्षतिग्रस्त गोरखा जिल्लाको पुनः निमार्णमा हातेमालो गर्न चाहनेहरुको लागि गोरखा सेवा समाजले नेपालको बैंक खाता नं ( चल्ती खाता नं. ३०६०००७२९२०१) राष्ट्रिय बाणिज्य बैंक, गोरखामा सहयोग जम्मा गर्न अनुरोध समेत गरेको समाजका संरक्षक बुधवल गुरुङले जानकारी दिए
अक्षयकोष स्थापनार्थ अभियानलाई समापन गर्न आगामी ३ जुनमा दोहाको शालीमार रेस्टुरेन्टमा एनआरएनए आइसीसीका उपाध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम गरिने अध्यक्ष भट्टले मेमनेपाललाई बताए



Comments