तनहुँमा सहचालक मृत भेटिए: लडेर मृत्यु

२५ फाल्गुन, तनहुँ। 
भिमाद १ बागटारमा एकजना यातायात मजदुर मृत अवस्थामा भेटिएका छन्।  
कास्की माझठाना घर भई  स्थानिय श्रीङ्ग यातायात ब्यवसायी समितिको ग १ ख ३७९९ नं बसका सहचालकको रुपमा कार्यरत भान्जा भनेर चिनिने आनन्द  भुज्लको लडेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
बागटारको खुल्ला चौरमुनी खोलामा टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको हाम्रा सहकर्मी मित्र दान बहादुर श्रेष्ठले जानकारी  दिएका हुन।

शुरुवात शवको प्रक्रिति हेर्दा हत्या गरी लाश फालिएको हुन सक्ने शंका गरिएको थियो।

इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरीको टोली पुगी घटनाको अनुसन्धान लडेर मृत्यु भएको पुष्टि भएको सहकर्मी मित्र श्रेष्ठले बताए।

Comments