देशको समस्या कांग्रेसले मात्रै समाधान गर्छ: देउवा
काठमाडौं २० फागुन,
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशका समस्या कांग्रेसले मात्रै समाधान गर्ने बताएका छन् । भूकम्प लगत्तै भोग्नुपरेको नाकाबन्दीले धेरै समस्या र चुनौति थपिएको चर्चा गर्दै देउवाले त्यसको समाधान कांग्रेसको नेतृत्वले मात्रै गर्नसक्ने बताए ।
१३ औं महाधिवेशनको उदघाटन समारोहमा संक्षिप्त मन्तव्य राख्दै उनले भने, ‘यो चुनौतिको सामना अरु कसैले गर्न सक्दैन, हाम्रो पार्टीले गर्न सक्छ । त्यो क्षमता हाम्रो नेतृत्वमा छ ।’
उनले नेपाली कांग्रेसलाई र देशलाई व्यवहारमै पूर्ण समानुपातिक बनाउने बताए । राज्यका हरेक अंगमा सबै जाति, समुदायको प्रतिनिधित्व गराउने उनको भनाइ थियो ।
‘हाम्रो पार्टी पूर्ण समानुपातिक नभएको गुनासो छ । देशका राज्यका प्रत्येक अंगमा सबैलाई अटाउने संविधान बनायौं । त्यसलाई व्यवहारिकरुपमा म्यासेज दिने सबै काम हाम्रो पार्टीले गर्नेछ,’ देउवाले भने, ‘यस महाधिवेशनले यो काम गर्नेछ । म के विश्वास दिलाउँछु भने यो काम पूरा गरेर छाडिने छ, छाडिने छ, छाडिने छ ।’


Comments
Post a Comment