सामाजिक अभियानमा सुप समाज: सांगठनिक बिस्तारमा सक्रिय

मेमसमाचार,
फाल्गुण २९,दोहा। 
गत अगस्ट २०१५ मा स्थापना भएर आफ्नो सामाजिक गतिविधि संचालन गर्दै आई रहेको सुदुर पच्छिम सेवा समाजले आफ्ना विभिन्न क्षेत्रीय समितिहरुको बिस्तार गरेको छ। 

"हिमालपहाडतराई एकताको कामनासम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर सामाजिक अभियानमा जुटेको यस समाजले हालसम्म कतारका सनैया, सैलिया तथा अल-वक्रा क्षेत्रमा आफ्ना क्षेत्रीय समितिहरु बिस्तार गरी सकेको छ। 
भौगोलिक रुपमा धेरै पछाडी परेको सुदुर पच्छिम क्षेत्रको प्राकृतिक,सांस्कृतिक तथा पर्यटन बिकासको प्रचुर सम्भावनालाई परिस्कृत गर्ने योजना र उद्देश्य सहित हामी अघी बढी रहेको बताउँदै समाजका केन्द्रिय दित्तीय उपाध्यक्ष नर बहादुर बिष्टले भने 'हाम्रो जोड सुदुर पच्छिमेली बासीलाई समेटेर अघी बढ्नेमा रहेको छ।'  

सनैया क्षेत्रीय समितिमा गणेश तिरुवाको अध्यक्षता रहने गरी उपाध्यक्षमा अशोक खत्री, सचिबमा भिमलाल निउरे, सहसचिब रघुनाथ अबस्थि, कोषाध्यक्ष खोमनाथ लामिछाने, र सदस्यहरु बिजय परियारसन्त कुमार शाहप्रेम भण्डारीशंकर बि.सी.पदम बरालसन्तोष लोहनीरामु ताम्राकारदत्त बि.क.रण बहादुर चन्दइन्द्रदेब अबस्थीसरोज चदारालोकेन्द्र चलाउनेपूर्ण चलाउनेरेक चलाउने सहित २१ सदस्यिय कार्यसमिति चयन गरिएको उपाध्यक्ष बिष्टले जानकारी गराए। 

त्यसै गरी गणेश ऐरको अध्यक्षतामा उपाध्यक्ष गणेश हमालसचिब नरबहादुर महरासहसचिब रमेश धामीकोषाध्यक्ष जयसिंह धामी तथा सदस्यहरुमा सुरेश धामीगणेश भाटसुरेन्द्र थापातेज बहादुर ऐरनरेन्द्रनाथ योगीमनलाल जोशीप्रसाद मणि भट्टराईप्रताप धामीभीम बहादुर ऐररमेश पन्त सहित १५ सदस्सीय अल-वकरा क्षेत्रीय समिति गठन भएको समाजका केन्द्रीय प्रथम उपाध्यक्ष सुरेन्द्र बहादुर बिष्टले हामीलाई बताए 

त्यसैगरी हालैमात्र बिस्तार गरिएको सैलिया क्षेत्रीय समितिमा अध्यक्ष बल्देब धामी उपाध्यक्ष प्रीतमसिँह, सचिब भुबन केसी, सह-सचिब रमेशपाल, कोषाध्यक्षमा दिपक बम तथा  सद्स्यहरु केशब बमयोगेन्द्र पाल सुरेन्द्र सिँहयोगेन्द्र बोहराजनक बोहराकालिदास चौधरीअकबर बोहराहरिराम चौधरीबिरेन्द्र बोहराप्रेम सिँहधन बहादुर बोहरा र नारायण चन्द सहित १७ सदस्सीय क्षेत्रीय समिति रहेको छ।









Comments