नेपाली फुटबल टिम,कतार र सिटी एक्सप्रेसविच सम्झौता, सामुदायिक फुटबल प्रतियोगिया आजबाट शुरु:


२०फाल्गुन,कतार। नेपाली फुटबल टिम दोहा कतार सिटी एक्सप्रेस बीच गत मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भएको

दोहा स्थित एक होटेलमा विशेष समारोहवीच उक्त सम्झौता भएको हो। साथै यस समारोहमा नेपाली फुटबल टिम दोहा कतारका अध्यक्ष सञ्जीव रानाभाट सिटी एक्सप्रेस मध्यपुर्वका बजार प्रवन्धक सानको बीचमा नेपाली फुटबल टिम दोहा कतार सिटी एक्सप्रेसको संयुक्त लोगो अंकित टिसर्ट संयुक्त रुपमा सार्वजनिक गरीएको थियो। 


कतार सरकारको फुटबल एशोसियसनको संरक्षकत्वमा बिगत वर्षदेखि संचालन गरिंदै आएको सामुदायिक फुटबल खेलको अवधिभरि सिटी एक्सप्रेस कतारले सहकार्य गरी नेपाली फुटबल टिमलाई सहयोग गर्ने गरी उक्त सम्झौतामा हस्ताक्षर भएको टिमका अध्यक्ष भाटले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

कतार फुटबल एसोसिएसन तथा एसियन कम्युनिटी टुर्नामेन्टका आयोजक ओथमनको समुपस्थितीमा भएको पत्रकार सम्मेलन तथा परिचयात्मक कार्यक्रममा कतारमा सक्रिय संघ-संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 



कार्यक्रममा नेपाली फुटबल टिम दोहा कतारका अध्यक्ष रानाभाटले नेपाली फुटबल टिम कतारमा स्थापना भएदेखि यता सम्म खेलका सम्पुर्ण नतिजा सहित प्रतियोगी देशको परिचय सहितको प्रतिवेदन स्लाईड सो मार्फत उपस्थित सबैलाई जानकारी गराएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली फुटबल टिमका उपाध्यक्ष राजन श्रेष्ठले दिएका थिए भने कार्यक्रममा गैर आवासीय नेपाली संघ दोहा कतारका अध्यक्ष विनेश तामाङनेपाल पत्रकार महासंघ दोहा कतारका सभापति गणेश बन्जाडेआईसीसी सल्लाहकार टि.बि. कार्की,सामाजिक अगुवा करीम बक्स मियाँ, विभिन्न वैचारिक तथा व्यावसयिक व्यक्तित्वहरुले शुभकामना तथा सहयोगको प्रतिवद्दता व्यक्त गरेका थिए।



यसैगरी एसियाली आप्रवासी फुटबल २०१६ अन्तर्गत नेपालले आज जापानसँग भिड्ने भएको  कतारी समय अनुसार आज राती ०८:३० बजेदेखि कतारको मेडिकल कमिशन नजिक अलथुमामा अवस्थित टेक्निकल ग्राउण्डमा प्रतिस्पर्धा हुने भएको   बर्ष भरिको लागि मुख्य प्रायोजक रहेको सो खेल नेपाली फुटबल टिम दोहा कतारले कतार फुटबल एसोसिएसन संग सहकार्य गरी सहभागी जनाएको हो। 


Comments