यूथ टुडेको साप्ताहिकको चौथो वार्षिकोत्सव सम्पन्न: "निष्ठाको पत्रकारितामा जोड, २ जनालाई सम्मान"
बाँके,२९ फागुन । नेपालगंजबाट प्रकाशित हुदै आएको नेपाली र हिन्दी भाषाको पत्रिका युथ टुडे साप्ताहिकले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा सम्पन्न वार्षिक उत्सव कार्यक्रमको सभापतित्व यूथ टेडेका प्रकाशक प्रधान सम्पादक महमूद आलम खानले गरेका थिए । कार्यक्रममा मर्निग स्टार एफएमका स्टेशन प्रमुख पत्रकार डक्ट प्रसाद धिताल,प्रश यूनियनका सचिव अर्जुन ओली,अशिष गुप्ता,एम लामिछाने,दुर्गा रोकाय, अधिवक्ता विश्वजीत तिवारी,बनस्पति कार्यालय बाँकेका प्रमुख सुरेन्द्र यादव,एमाले बाँकेका पूर्व सदस्य मोहम्मद साबिर खान, जामा मस्जिदका सदस्य इरफान सिद्धिकि,इस्लामी संघ भेरी जोन प्रमुख उबेदुर रहमान खान,जामा मस्जिदका निर्वातमान अध्यक्ष अब्दुल रहमान मियाँ तथा विभिन्न संचार गृहका प्रमुखहरुको सभागिता रहेको थियो ।
समाज भित्रका विभिन्न प्रतिनिधि शुभ चिन्तकहरु माझ सम्पन्न वा उत्सव कार्यक्रममा पत्रिकामा योगदान गरेका दुई जनालाई सम्मान गरिएको थियो। पत्रिकाको मिसनमा साथ दिएको भन्दै नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र पत्रिकाको स्थापना कालदेखि नै महात्वपूर्ण योगदान गरेको भन्दै पत्रिका की प्रबन्धक डोलमाया पुन चौधरीलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो । प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा समाज भित्रबाट दुईजना व्यक्तित्वलाई सम्मान प्रदान गर्दै आएको साप्ताहिकले आउने वर्षदेखी ३ जनालाई सम्मान गर्ने भएको छ ।
समारोहमा पत्रिकाका प्रकाशक प्रधान सम्पादक महमूद आलम खानले सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्दै पत्रिकाका विषयमा केहि अनुभव बाड्ने प्रयास गरेका थिए । बिशेष अतिथि इस्लामी संघ भेरी जोन प्रमुख उबेदर रहमान खानले निष्पक्ष रुपमा पत्रिकाले काम गर्दै आएको बताउदै आउने दिनमा अझ सशक्त भएर पत्रिकालाई दैनिक सम्म लैजाने तयारी गर्न सुझाव दिएका थिए। वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि रुद्र सुबेदीले पत्रिकाको प्रगतिको कामना गर्दै पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यातदालाई बुझेर काम गर्न सुझाव दिए । आफैले उत्पादन गरेको व्यक्ति आज पत्रिकाको प्रकाशक प्रधान सम्पादक भएर काम गर्दै आउनु भएको म प्रकाश लगाउयत सम्पूर्ण टिमलाई धन्याबाद दिन चाहन्छु' अध्यक्ष सुवेदीले भने 'सदैव निष्ठाको पत्रकारीता गर्न सबैमा हार्दिक आग्रह गर्दछु'।
कार्यक्रमको संचालन पत्रकार ज्ञानु गौतमले गरेका थिए भने कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।








Comments
Post a Comment