एनसीसी कतारको रक्दान कार्यक्रम सम्पन्न: ९९ जनाले रगतदान गरे
मेमसमाचार,
मार्च १८, कतार। गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजना तथा हमाद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा रक्तदान कार्यक्रम उल्लास पूर्वक सम्पन्न भएको छ।
सुक्रबार दोहा स्थित हमद मेडिकल कर्पोरेसनमा भएको रक्तदान शिविरमा कतारमा स्थापित ४० सक्रिय संघसंस्था तथा सामाजिक ब्यक्तित्वहरुको सहयोगमा रक्तदान शिविरसम्पन्न भएको हो। उक्त शिबिरमा कुल १९० जना सहभागी भएका थिए भने १४२ जनाले रक्तदानको लागि आबेदन भरेकोमा ९९ जनाले सफलतापूर्वक रक्तदान गरेका छन्।
सो अवसरमा रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण संघ संस्था र रक्तदाताहरुलाई गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषदले विज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गरेको छ।
साथै 'आगामी दिनमा पनि यस्तै प्रकारको साथ सहयोगको अपेक्षा राख्दै यस कार्यक्रमलाई सफल बनाउन खटिनु भएका कार्यसमितीका सदस्य तथा पदाधिकारीहरु, अाइसिसी पदाधिकारीहरु,सल्लाहकार ज्युहरुलाई बिशेष धन्यवाद प्रकट गर्न चाहन्छौ' विज्ञप्तिमा भनिएको छ।


Comments
Post a Comment