काँग्रेस महाधिबेशन : मतदान सकियो, ३ हजार १४८ ले मतदान गरे
काठमान्डौ ,फाल्गुन २३
नेपाली काँग्रेको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । आईतबार बिहान ९ बजेर १७ मिनेट देखि शुरु भएको मतदान भर्खरै सकिएको हो ।
निर्वाचनमा ३१ सय ६१ महाधिवेशन प्रतिनिधमध्ये ३१ सय ४८ जनाले मात्रै मतदान गरेका छन् ।
निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले दिएको जानकारी अनुसार केही समयपछि सभापतिको मतगणना राष्ट्रिय सभागृहमै शुरु हुने छ ।
अन्य पदाधिकारी र सदस्यहरुको मतपेटिका मुचुल्का उठाएर पार्टी केन्द्रिय कार्यालय सानेपा पठाएपछि मात्र सभापतिको मतगणना शुरु हुने छ ।
सभापतिको मतगणना सकिएपछि मात्रै अन्यको मतगणना हुने उनले बताए । काँग्रेसमा निर्वाचित हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकोले पहिलोचरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेमा सोमबार फेरी दोश्रो चरणको निर्वाचन हुने छ ।

सबैको एकैपटक मतगणना गर्दा प्रतिनिधीहरु आ–आफ्नो जिल्ला फर्किईसक्ने भएकोले तुरुन्तै सभापतिको मतगणना गरीने समितिले जनाएको छ ।
साभार :रातोपाटि

Comments
Post a Comment