नीति तथा कार्यक्रम गरी तीनवटा दस्तावेज परीमार्जनसहित पारीत गर्दै नेपाली काँग्रेसको बन्द सत्र सकियो !

 काठमाडौँ  ,फागुन २२
 नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सकिएको छ । महामन्त्रीले पेश गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र नीति तथा कार्यक्रम गरी तीनवटा दस्तावेज परीमार्जनसहित पारीत गर्दै बन्द सत्र सकिएको हो ।

 नेतृत्व चयनका लागि भोलि मतदान हुनेछ  !भोली बिहान ८ बजेबाट साँझ ७ बजेसम्म निर्वाचन को समय तोकिएको छ!भृकुटीमण्डपमा भएको बन्दसत्रले महामन्त्रीको प्रतिवेदनका साथै नीति तथा कार्यक्रम पारित गरेको छ !


काँग्रेस १३औं महाधिवेशनका विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । अन्तिम नामवली अनुसार महाधिवेशन तीन सय १२ जना विभिन्न पदका लागि उम्मेदवार भएका छन् । ६३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । 


सभापतिमा तीन जना


रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला

महामन्त्रीमा तीन जना

शसाङ्क कोइराला, अर्जुननरसिंह केसी, गगन थापा

कोषाध्यक्षमा चार जना

सीतादेवि यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्की

केन्द्रीय सदस्य,

आदीवासी जनजातितर्फ ३ पदका लागि ४० जना

आदीवासी जनजातितर्फ महिला २ पदका लागि १२ जना

दलितको ३ पदका लागि २० जना

दलित महिलाका २ पदका लागि ५ जना

महिला ६ पदका ३८ जना

मधेशी ३ पदका लागि १५ जना

मधेशी महिला २ पदका लागि ९ जना

मुस्लिम १ पदका लागि ६ जना

खुला तर्फ २५ पदका लागि ९० जना

प्रदेश १ मा २ पदका लागि १३ जना

प्रदेश २ मा २ पदका लागि ५ जना

प्रदेश ३ मा २ पदका लागि १८ जना

प्रदेश ४ मा २ पदका लागि ९ जना

प्रदेश ५ मा २ पदका लागि १० जना

प्रदेश ६ मा २ पदका लागि ५ जना

प्रदेश ७ मा २ पदका लागि ७ जना


मैदानमा उत्रिएका छन्

Comments