विकास र आर्थिक क्रान्तीका लागी मेरो उम्मेदवारी – अब्दुल सत्तार

मोहसिन अली मियाँ,
फाल्गुण-१८,गोरखा ।
नेपाली काँग्रेसको भातृ संगठन मुस्लिम संघ नेपालका केन्द्रिय सभापति अब्दुल सत्तारले नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनमा मुस्लिम आरक्षण कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गोरखाको हर्मी गाविसका सत्तार गृह जिल्ला गोरखा कै क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधीको रुपमा निर्वाचित भएका हुन् । बाह्रौ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधीको रुपमा अनुभव लिईसकेका सत्तार पछिल्लो समय मुस्लिम तथा गैर मुस्लिम समुदायमा निक्कै परिचित अनुहार हो । एकातिर समावसेवीको समेत छवि बनाएका सत्तार जिल्ला हुँदै केन्द्रिय राजनितीमा पनि आफ्नो पकड बनाउने दाउमा छन् । ‘विकासका लागि विनास जरुरी भएकाले बिगतमा नेपाल विनास भईसक्यो अब बिकास गर्ने दिन आएको छ, आर्थिक क्रान्ती गर्ने दिन आएको छ, अब हामी शसक्त रुपमा विकास र आर्थिक क्रान्तीमा लाग्नु पर्नेमा मेरो जोड हो ।
अब्दुल सत्तार, केन्द्रिय सभापति,मुस्लिम संघ नेपाल २०३५ साल देखी नै नेपाल बिधार्थी संघको राजनितीमा लागेका उनी पछिल्लो केहि बर्ष यता राजनितीमा निक्कै सक्रिय देखिन्छन् । हाल बसोबास काठमाण्डौ भएता पनि महिनामा आधा भन्दा बढि समय गृह जिल्ला गोरखा तथा अन्य जिल्लामा हुने पार्टी तथा सामाजिक कार्यक्रममा व्यस्त देखिने उनि काँग्रेसले छुट्याएको मुस्लिम आरक्षण कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सुरमा छन् । काँग्रेसले मुस्लिमका लागि आरक्षित कोटा दिएपनि पहाडी जिल्लाबाट हालसम्म कोहि अगाडी नसरेकाले भौगोलिक समावेशीकालागि पनि आफ्नो उम्मेदवारी स्वभाविक भएको उनि बताउछन् । नेपाली काँग्रेस समाबेशी चरित्र भएको पार्टी हो अनि आफु मुस्लिम संघ नेपालको केन्द्रिय सभापति त्यसैले आफ्नो उम्मेदवारीले सम्पूर्ण मुस्लिमको प्रतिनिधित्व गर्ने सत्तार दावी गर्छन् ।
गत बैशाख १२ को विनाशकारी भुकम्प अनि भारतको नाकाबन्दीले तहसनहस भएको नेपालको अर्थतन्त्रलाई अब मजबुत पार्न र देश विकासमा सबै एक जुट भएर लाग्नुको बिकल्प नभएको उनि बताउदछन। पछिल्लो समय समाजसेवामा समेत सक्रिय रहेका अब्दुल सत्तार आफ्नो उम्मेदवारी मुस्लिमको फाइदाका लागी मात्रै नभई सम्पूर्ण नेपालीको हितका लागि भएको बताउछन् । कुनै गुट उपगुट तथा प्यानल बाट नभई आफु मुस्लिम कोटाबाट उठेको बताउने सत्तार विगतदेखी हालसम्म काँग्रेसमा देखिएको गुट प्रथाको अन्त्य हुनुपर्ने पक्षमा देखिन्छन् । नेपाली युवाहरु राजनितिमा लाग्नु पर्ने सल्लाह दिने सत्तार निस्वार्थ भावले राजनिति गर्ने हो भने समाज, समुदाय तथा देश परिर्वतन हुन समय नलाग्ने बताउछन् । यहि फाल्गुन २० गते देखि काठमाण्डौमा हुन लागेको नेपाली काँग्रेसको तह्रौँ महाधिवेशनमा मुस्लिम कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका अब्दुल सत्तारले आफुलाई सबै जिल्लाका साथीहरुले सहयोग गर्ने आश्वासन दिएको बताउछन् ।
’

Comments
Post a Comment