बाँके,काउन्सिलको इथिक्सको उल्लंघन गर्दै पण्डित: साईनबोर्ड झुण्ड्याएर बिरामी ठग्दै विभूति मेडिकल

बाँके,१ चैत्र। महिला तथा प्रसुती रोग विशेषज्ञ डा. उपेन्द्र पण्डित नेपाल मेडिकल काउन्सिलको इथिक्सको उल्लंघन गर्दै स्वास्थ्यसम्बन्धी मूल्य, मान्यता र कानुनको बर्खिलाप हुने गरी बिरामीको आर्थिक, शारीरिक शोषण गर्दै आएपनि मेडिकल काउन्सिल मौन भएर बसेको छ । 

औषधि पसलमा चिकित्सकले साइन बोर्ड राख्न नपाइने कुरा आचार संहितामा उल्लेख भए पनि १०० मिटरको दुरीमा डा. पण्डित आफनो २ वटा बोर्ड झुण्डियाएर बसेका छन् । सोमबार बिहान डाक्टर पण्डितसँग चेकचाँज गराउनका लागि विभूति मेडिकल हलमा पर्चा कटाए कि खगीसराले विभूति मेडिकलमा १ घण्टा भन्दा बढी कुरेपनि डाक्टर नपाए पछि उनले मेडिकलमा रहेकाहरुसँग सोध्दा डाक्टर अप्रेसनमा व्यस्त भएकोले आउन नसकेको र अर्कोमा सोही पर्चा लिएर जानु होस तपाईको तुरन्तै चेक गर्नु हुने छ भनी १०० मिटरको दुरीमा रहेको शुभम मेडिकल हलमा पुरयाए पनि घन्टौं कुर्दासम्म डाक्टरले चेक जाँच नगरी उल्टै हकारेपछि चेकअप नै नगराई फर्किनु परेको गुनासो पोखिन  यता विभूति मेडिकलमा रहेका कर्मचारीहरुले डाक्टर पण्डित कै निर्देशनमा साईनबोर्ड राखिएको बताउदै पर्चा वापतको सम्पूर्ण पैसा डाक्टर पण्डितलाई दिने गरेको बता  




नाम नलेख्ने सर्तमा एक जना गर्भवती महिलालाई शुभम मेडिकलमा चेक जाँचका नाममा डाक्टरले अनैतिक शब्दहरु प्रयोग गरे पछि डाक्टरको हातमा रहेको पर्चा खोसेर न जंचाई फर्किएको बताइन्  मेडिकल काउन्सिलको आचार-संहिताअनुसार चिकित्सक आफूले सिफारिस गरेको औषधि बेच्ने गरी औषधि वा सर्जिकल पसल पनि सञ्चालन पाइदैन् । बिरामीका लागि सिफारिस गरिएको औषधि, सर्जिकल, परीक्षण, उपचारबापत कमिसन लिनु वा अरूलाई दिनु पनि अनैतिक हुन्छ। यस सम्बन्धमा मेडिकल काउन्सिल वा राजस्व कार्यालयले औषधि पसलमा क्लिनिक सञ्चालन गरिरहेका चिकित्सकको आम्दानी खर्च तथा बैंक ब्यालेन्सको विवरण हेर्ने हो भने वास्तविकता तुरुन्तै थाहा पाउन सकिन्छ।


चिकित्सकहरूले यो आचार-संहिताको पालना गर्ने हो भने उपचारमा बिरामीहरूको अनावश्यक खर्च कम हुन जान्छ।  नेपाल मेडिकल काउन्सिलको आचार-संहितामा लेखिएको छ, ‘चिकित्सकले बिरामीलाई रोगको प्रकृति बारेमा बताउनुपर्छ। बिरामीको अवस्था बारेमा बढाएर वा कम गरेर भन्नुहुँदैन' तर डा पण्डित बिरामीलाई सानो समस्या भए ठूलो समस्या बताएर तर्साउने गरेका छन् । उपेन्द्र पण्डित जस्ता डाक्टरका कारण स्वास्थ्य क्षेत्र बढी व्यापारीकरण, विकृतियुक्त र आलोचित बन्दै गएको छ। यसै कारणले बिरामी र अस्पताल तथा चिकित्सकहरूबिचको द्वन्द्व पनि बढ्दै गएको छ। यसले स्वास्थ्य क्षेत्रको गुणस्तर र विश्वसनीयता कम हुँदै गएको मात्र होइन, पेसागत मर्यादाको पालना गर्ने, स्वच्छ आचरणयुक्त व्यवसाय गर्ने र उपभोक्तामुखी सेवा उपलब्ध गराउने चिकित्सकहरूको पनि मानमर्दन भएको छ। 

डा उपेन्द्र पण्डितले नेपालगन्जमा स्त्री रोग डाक्टर धेरै रहेकोले आफनो पहिचान स्थापीत गराउनका लागि २ ठाँउमा साईन बोर्ड राखेको बताए । बिरामीलाई निको पार्नु मेरो काम हो भने पैसा कमाउनु मेरो सोच भएको हाम्रा सम्वाददातालाई बताए । उपचारका नाममा दिउसै कालो बजारी गरी रहेका डाक्टरहरुलाई हालसम्म बाँकेमा कुनै कार्यवाही हुन सकेको छैन् । ५०० रुपिया तिर्दा न रसीद पाँछन् न त चाहे जस्तोको उपचार नै । यस्तोमा आम नागरिकले सहज उपचार पाउने कुरा एउटा गम्भीर प्रश्न बन्न पुगेको छ।

Comments