पोखरा मुस्लिम समाजको पुनर्गठन: अध्यक्षमा 'अत्तारी'



मेमसमाचार,२८ फागुन
कतार। रोजगारको  सिलसिलामा कतारमा कार्यरत पोखरेली  युवाहरुको मिति  १० मार्चको एउटा भेलाले पोखरा मुस्लिम समाज,कतारको पुनर्गठन गरेको हो। 
समाजका वयोव्रिद्द सामाजिक अगुवा ताज मुहम्मद मियाँको प्रमुख आतिथ्यतामा बसेको भेलाले अब्दुल अलिम अत्तारीको अध्यक्षतामा पोखराका सबै सदस्य रहने गरी समिती निर्माण गरेको छ। 
उपाध्यक्षमा निजाम खान कोषाध्यक्षमा रमजान खान र सचिवमा सुल्तान हुसैन चयन भएका छन्। 

भेलाले ताज मुहम्मद मियाँलाई सल्लाहकार संयोजक अमजद अलीलाई सल्लाहकार तय गरेको अध्यक्ष अत्तारीले जानकारी गराएका छन्। 

Comments