उदयपुर प्रबासी समाजको बनभोज कार्यक्रम सम्पन्न: भाग्यशाली चिठ्ठाका बिजेता घोषणा
१८ मार्च शुक्रबार कतार। उदयपुर प्रवासी सेवा समाज दोहा कतारको आयोजनामा रमाईलो बनभोज तथा भाग्यशाली उपहार कार्यक्रम सम्पन्न भएको छ ।
गत सुक्रबार दोहाको समाल गार्डेनमा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष होम बस्नेतको सभापतित्व र गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सल्लाहकार टि बी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संचालन सस्थाका समाहचिव राजु राइले गरेका थिए ।
समाजका प्रथम उपाध्यक्ष संदिप भटटाराईको संयोजकत्वमा आयोजितकार्यक्रममा आफ्नो स्वागत मन्तव्य उपाध्यक्ष भट्टराईले उदयपुरबासीलाइ संगठित गरी सामाजिक कार्यमा लाग्न अभिप्रेरित गरिनु पर्ने औल्याए । त्यस्तै कार्यक्रममा विभिन्न संघ-संथाका प्रतिनिधिहरुले शुभकानमा व्यक्त गर्दै उदयपुर समाजको प्रसंशा गरेका थिए।
बनभोज कार्यक्रमका बीच समाजले संचालन गरेको भाग्यशाली चिट्ठाका भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो।
जसमा प्रथम पुरस्कार १० ग्राम सुन जित्न सफल चिट्ठा नम्बर १४०४ का राकेश रामदान, दोस्रो पुरुस्कार डिजिटल क्यामरा चिट्ठा नम्बर १५५५ का मनोज सजाले प्राप्त गरेका छन् भनेतेस्रो पुरुस्कार चिट्ठा नम्बर 2896 दुर्गा प्याकुरेलले प्राप्त गरेका छन्. त्यसैगरी सान्त्वना पुरस्कारमा क्रमश: चिट्ठा नम्बर २०६५ रमाकान्त सिंह, १७८७ ,१७८८ कमल वाग्ले, १७०८ अनिल चौधरी, २०९२ अनुस्का भट्टराई, १५८८ सुमन क्षेत्रीलाई प्राप्त भएको छ।कार्यक्रममा नेपाली जन सम्पर्क समितिका सभापति बिमल सुवेदी, नेपाली प्रबासी मञ्च कतारका अध्यक्ष रामहरी गैरे, जनप्रगतिशिल मंञ्चका संयोजक शनिकुमार ओली, नेपाली जन प्रगतिशिल मोर्चाका प्रतिनिधि रमेश गिरि,खोटाङ सेवा समाजका सदस्य जैबि राई, पाथीभरा युवा समाजका दुर्गा प्याकुरेल, नेपाली फुटबल टिम कतारका अध्यक्ष संजीव रानाभाट, गोरखा सेवा समाजका उपाध्यक्ष दिपक लामिछाने, किराँत राई यायोक्खाका अध्यक्ष अमूत राई, अघाँखाची सेवा समाजका अध्यक्ष यूवराज पाण्डे, बस्नेत समाज कतारका सचीव राजु बस्नेत, गोलोब्ल राइजिङका महेश बस्नेत, समाजका सल्लाहकार गणेश सिवाँ, सल्लाहकार गणेश राई, सनैया एरिया ईकाई समितिका अध्यक्ष कमल वाग्ले, लगायत प्रत्रकार विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सन् २०१५ को गीत लेखन प्रतियोगितामा ५२२ जनालाई पछि पार्दै गत वर्ष अन्तर्राष्ट्रिय कलाकार मन्च कतारको आयोजनाबाट नगद रु. एक लाख जित्न सफल समाजका सस्थापक सचीव सरोज श्रेष्ठलाई समाजले सम्मानगरेको थियोभने कार्यक्रममा नेपाली यूएनआइ ग्रुप कतार र संघर्ष ब्याण्ड कतारका कलाकारहरुले मनोरन्जनात्मकप्रस्तुतिका दिएका थिए।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष होम बहादुर बस्नेतले बताउदै कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।




Comments
Post a Comment