अप्रील १ मा खोटाङ सेवा समाज दोहा कतारको कार्यक्रम: वृहत बनभोज कार्यक्रम गर्दै

रुद्रप्रसाद आचार्य,
मार्च १७, कतार। अप्रील १ तारिख शुक्रबार २०१६ का दिन खोटाङ सेवा समाज दोहा कतारले ''नवबर्षको शुभकामना आदानप्रदान खोटाङ जिल्लामा एम्बुलेन्स सन्चालन अभियान रमाइलो बनभोज कार्यक्रम २०७३'' भन्ने मुल नाराका साथ साहानिया क्षेत्रको अल दोसरी जु (पार्क )मा गरिने तय भएको छ l कार्यक्रम मध्यान्हको ११:०० बजे देखि सन्चालन हुने भएको हो। उक्त कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित सबै सामाजिक संघ सस्थाहरुले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने अपेक्षा सस्थाले राखेको छ। वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा विभिन्न क्षेत्रमा कार्यरत खोटाङ्गे हरुको पहलमा १८बर्ष पहिले स्थापना गरिएको सामाजिक सस्था मध्य सबैभन्दा पुरानो र लामो इतिहास बोकेर आज सम्म सकृय र कृयासिल रहेको सामाजिक सस्था पनि हो।स्थपना काल देखि नै सस्थागत रूपमा जिल्लामा भै-परि आउने समस्यालाई प्राथमिकतामा राखेर आर्थिक सहयोग गर्दै आएको यस सस्थाले हाल विभिन्न समयमा आपत बिपत परेका पीडित नेपाली मजदुरहरु दोहा कतारमा अकालमा मृत्यु भएका खोटाङ जिल्ला बासी र अन्य नेपाली हरुको आश्रति परिवारलाई र नेपालमा भै-परि आउने समस्याहरुमा सस्थाले स्वतस्फुर्त रूपमा सस्थागत आर्थिक र सामाजिक सहयोग जुटाउदै आएको छ l
 

यस सस्थाले दोहा कतारमा स्थापित अन्य सामाजिक संघ सस्थाहरु सग समन्वय गर्दै अघि बढिरहेको जानकारी सस्थाका बर्तमान महासचिव रुद्रप्रसाद आचार्यले बताउनु भएको छ। सस्थाका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा मुल आयोजक समितिको गठन गरि सस्थाका प्रथम उपाध्यक्ष तिला बहादुर खत्रीको सयोजकत्वमा कार्यक्रम ब्यबस्थापन समिति गठन गरिएको छ सस्थाका कार्यसमिति सदस्यहरुलाई विभिन्न आबस्यक उपसमितिहरु बनाइ जिम्मेवारी तोकिएको सस्थाका उपाध्यक्ष तिला बहादुर खत्रीले जानकारी दिएका छन। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन सस्थाका दितिय उपाध्यक्ष एकराज राइको सयोजकत्वमा सास्कृतीक बिभाग गठन गरि परिचालन गरिएको छ भने कार्यक्रम अबधिभर कतारमा कार्यरत रहेका खोटाङ्गे गायकहरु रबिन राई युबागायकहरु योगेश खड्का,युगेस राई,हुताराज राई,लगायतले गित संगीत प्रस्तुत गर्नेछन भने कतारमा कार्यरत खोटाङ्गे गजलकार,कवि तथा साहित्यकारहरुले आ-आफ्नो गजल कबिता प्रस्तुत गर्नेछन कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कतारमा स्थापित कलाकार हरुलाई समन्वयन गरि रहेको सास्कृतिक बिभागका संयोजक एकराज राइले बताएका छन। उक्त कार्यक्रम पबित्र सामाजिक उदेश्य र लक्ष्य राखेर गर्न लागिएकोले खोटाङ बाट कतारमा वैदेशिक रोजगारीमा रहेका सम्पुर्ण खोटाङ्गे दाजुभाइ तथा दिदीबहिनीहरुको साथ पाउने अपेक्षा गरिएकोछ सोही अनुसार जनपरिचालन समेत परिचालन गरिएको साथै विभिन्न सञ्चार माध्यम मार्फत सूचना प्रकाशन समेत गरिएको सस्थाका अध्यक्ष प्रकाश गुरुङले बताउनु भएको छ। कतारमा अनुमानित चार लाख नेपाली कामदार रहेकोमा अनुमानित १५ हजार खोटाङ्गे विभिन्न क्षेत्रमा कार्यरत रहेको अनुमान छ।

उक्त सस्थाको कार्यक्रम गर्ने मुख्य उदेश्य भनेको ''नवबर्षको शुभकामना आदानप्रदान खोटाङ जिल्लामा एम्बुलेन्स सन्चालन अभियान रमाइलो बनभोज कार्यक्रम २०७३''रहेको छ। सस्थाका तर्फबाट दोहा कतारमा स्थापित संघ सस्थाहरुलाइ कार्यक्रम सफल बनाउन उक्त दिन कार्यक्रम स्थलमा उपस्तिथिको लागि अनुरोध गर्दै पत्राचार यहि हप्ता गरि सकिने भएको छ भने उक्त दिनै पारेर अन्य कार्यक्रम नगरी खोटाङ सेवा समाजलाइ सहयोग गरि दिनु हुन पनि अनुरोध गरेकोछ।कार्यक्रमको पुर्ण तयारी भइ अन्तिम चरणमा रहेको समेत जानकारी प्राप्त भएको छ।

कार्यक्रमको बिस्तृत जानकारीको लागि निम्न व्यक्ति व्यक्तिहरु सग सम्पर्क गर्न सक्नु हुने छ प्रकाश गुरुङ ( रस्लाफान एरिया ) ५५११९६२७तिला बहादुर खत्री ( सनैया एरिया ) ६६१८४३१०किशोर भट्टराई ( अलखोर एरिया ) ५५८९५१८५एक राज राई ( सनैया एरिया ) ५५९६१२२९रुद्र शर्मा (आचार्य) ( साहानिया एरिया ) ७७२६४८९१महेस दाहाल ( सनैया एरिया ) ७७१९३३२९बलराम तामांग ( सनैया एरिया ) ५५८४०७६७ परशु राम श्रेष्ठ (पवन ) ( दोहा एरिया ) ७४०४३३५३जेबी राई ( अलसाद एरिया ) ६६८३६३७०

Comments