गोरखा सेवा समाज कतारले गर्यो १० लाखको अक्षय कोष खडा: 'सबैमा सहयोगको अपिल'

मार्च ५ २०१६/ दोहा कतार
नवराज सिंखडा 'जिज्ञासु'
'तन मन वचन र कर्म' सेवा गरौ भन्ने मुल नाराका साथ २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारद्वारा १० लाखको अक्षयकोष खडा गरेको छ।
यस्तै कार्यक्रमलाइ निरन्तरता दिने क्रममा अहिले गोरखा सेवा समाज कतारले जिल्लाका अनाथ, असहाय, अवस्थाका र शिक्षाका अवसरबाट बन्चित एवं असुविधा कठीनाई भोगेका वालबालिकाहरुको शैक्षिक कार्य र विकाशमा सहयोग पुर्याउन प्राकृतिक दैवी-प्रकोपबाट क्षतिग्रस्त गोरखा जिल्लाका दयनिय, सामाजिक-भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्न, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न सहयोग पुर्याउने उद्देश्यले १० लाखसम्मको अक्षयकोष खडा गर्ने निर्णय गरेको हो। उक्त अक्षयकोषमा देश विदेशमा बस्नुभएका तमाम गोरखाबासी तथा गैर-गोरखाबासीले सहयोग गरिदिनुहुनको लागि पनि हार्दिक अपिल समेत गरिएको छ।
४ मार्च २०१६ का दिन बसेको सस्थाको नियमित बैठकमा सस्थाका अध्यक्ष सुदर्शन भट्टले बिज्ञप्ति जारी गर्दै अक्षयकोष कार्यक्रममा सहयोग गर्नुहुन सबैलाइ अनुरोध गरिएको छ।अक्षयकोषमा सहयोग गर्ने ब्यक्ती वा सस्थालाइ सम्मान गर्ने कुरा समेत बिज्ञप्तिमा जानाकारी गराइएको छ।
१. ने.रु. ५ हजार देखी नेरु १० हजार सम्म सहयोगदातालाई प्रसंसा पत्र, खादाद्धारा सम्मान गरिने ।
२. ने.रु. १० हजार १ देखी नेरु २५ हजार सम्म सहयोगदातालाई सम्मानपत्र र खादाद्धारा सम्मान गरिने । ३. नेरु २५ हजार १ देखी नेरु ५० हजार सहयोगदातालाई ताम्रापत्र र खादा ओढाई सम्मान गरिने । ४. नेरु ५० हजार १ देखी नेरु ७५ हजार सम्म सहयोगदातालाई ताम्रापत्र,दोसल्लाद्धारा सम्मान गरिने ।५. नेरु ७५ हजार १ देखी माथी सहयोग गर्ने सहयोगदाताहरुलाई निर्देशिकामा नाम, ताम्रापत्र र दोसल्ला ओढाई सम्मान गरिने ।
सम्मान तथा समापन कार्यक्रम जुन ३ तारिख शुक्रबार २०१६ का दिन गरिने जानकारी पनि यसै सुचनाबाट दिन चाहन्छौ।
गोरखा सेवा समाज कतारले यसअघि पनि भुकम्पपिडितहरुलाइ सहयोग,हेटौंडामा रहेको मानव सेवा आश्रमलाइ सहयोग,२०७२ साल बैशाख ६/७ गते गोरखा जिल्लाको क्षेत्र नम्बर ३ को आर्खेत बजारमा स्वास्थ्य शिबिर सन्चालन गर्ने लगायत विभिन्न कार्यक्रमहरु संचालन गरिसकेको छ।



Comments
Post a Comment