मेमसंवाददाता,
चैत्र ८, कतार। आफ्नो कारोबार संचालन गरेर बसेका चितवनका युवा व्यवसायी राज देवकोटाको साथमा अरु दुई जना भाई मुन्ताजा छेउ भेटिए  निकै चिन्तित देखिएका ति दुई भाइ  मध्यका एकजना रहेछन आइते सिंह 

नेपालमा मोरंगमा घर भई करीव दस महिना पहिला सुनौलो सपना बुनेर कमाउन कतार छिरेका उनी अहिलेसम्म कमाई गर्न त परै जावोस 'इलिगल' भएर बाँचेका रहेछन, बेखर्ची बनेर भौतारी रहेका रहेछन 
उनै राज देवकोटाले केहि समयदेखि आफुले आश्रय दिन थालेका भएपनि प्रदेशको यो लामो बसाईमा बेकाम भएर कहिले यता कहिले उता गरी केहि राम्रोको आशमा 'हन्टर' खेपी रहेका आइते सिंह र उनका साला निरन तामांगसंगै कतार छिरेका रहेछन 
'नेपालमा छँदा आजाद भिसा भनेर मैले दुईलाख बीस हजार र मेरो सालो निरन तामांगले ढाई लाख उतै बुझाएर कतार आएको' चिन्तित मुद्रामा आइतेले भने 'ब्याजे ऋण काडेर आइयो आजाद भिसा भनेको यस्तो पो हुँदो रहेछ' राम्रो काम समेत मिलाई दिने भनी यी दुई साला भिनासित सन्तोष अधिकारी नामका एजेन्टले नेपालमै 'आजाद' भिसाको रकम लिएका रहेछन 
कतार आएपछि भिसा लगाउने भनेर समेत अलग्गै २६ सय कतारी रियाल बुझेर एजेन्ट सम्पर्क विहिन भएको गुनासो उनको थियो  'हामी जस्ता सोझालाई यसरी अलपत्र पारेर सम्पर्क विहिन सन्तोष अधिकारीलाई भेटेर समस्या हल गरी दिनु पर्यो, कहिलेसम्म यो अर्काको देशमा लुकीछुपी बाँच्ने हो सर?' आइते सिंहले निन्याउरो भएर आग्रह गरे 

एजेन्ट भनिएका सन्तोष अधिकारीलाइ फोन सम्पर्क गर्दा नउठे पछी एसएमएस मार्फत पिडितहरुको भनाई पठाएपछी मात्र उनी सम्पर्कमा आए हामीले उनलाई लेखेका थियौं 'यदि हजुर सन्तोष अधिकारी हो भने- २ जना भाइहरु पिडित रहेछन, सन्तोष अधिकारी भन्ने मान्छे मार्फत हामी ठगियौं भन्ने गुनासो गर्दै थिए....कुरा के हो भनेर बुझ्न भनेर हजुरलाई एसएमएस गरेको' जब उनले फोन सम्पर्क गरे आफु सन्तोष अधिकारी नै भएको र आइते सिंह र निरन तामांग आफु मार्फत आएका भएपनि यसबारे पछी भेटेर विस्तृत कुरो गर्ने भनी उनले फोन काटे 
कुनैपनि मानिस रहरले चर्को ऋण बोकेर कमाउन बिदेसिन्न  उसका पछाडीका विविध बाध्यताले 'कर'को बाटो समातेर उसलाई मुग्लान पस्न बाध्य तुल्याउँछ  तर जब यस्ता निमुखाहरुको भविष्यमा आँच नै आउनेगरी बिभिन्न प्रलोभनमा पारेर बिदेस पठाइन्छ अथवा ल्याइन्छ र अलपत्र पारिन्छ भने मानवतामाथि सोझो प्रश्न उठ्ने कि नउठ्ने? सन्तोष अधिकारीहरुले ठगे वा ठगेनन् त्यो पछि खुल्ला, तर आइते र निरन जस्ता कुनै काम नजानेका 'अदक्ष' युवाहरुलाई अनावस्यक प्रलोभन देखाएर कथित आजाद भिसामा ल्याई न घरको न घाटको बनाउने तत्वहरुको सफाया कसले गर्ने र कहिले गर्ने ?


आइते र निरन त पात्र मात्र हुन् खोजी पसे कथित आजाद भिसाका नाममा कतारका गल्लीहरुमा भौतारी रहेका असंख्य आइतेहरु भेटिने छन्  अनि केहि सन्तोष अधिकारीहरु शान र वानको जिन्दगी बिताई रहेका भेटिन्छन  आखीर यो सब केका लागि? प्रश्न यहि हो  के मान्छेले आफु बाँच्नका लागि नै हो त यो सब गर्ने? यदि आफु बाँच्न अरुलाई मार्नु पर्छ भने मान्छे स्वयं आफु किन नमर्ने? किन आफु बाँच्न सोझा आइतेहरुलाई जिउंदै मारिंदै छन् ?

आइते सिंह र निरन तामांगले न्याय पाउनु पर्छ 

Comments