पिडित आइतेको समस्या हल हुने, तामांगको समाधान प्रक्रियामा: अधिकारीले भने 'समाचार एकपक्षीय भयो'

पिडित; निरन तामांग
मेमसंवाददाता,
चैत्र १०, कतार। 'सालो भिना ठगिए, एजेन्ट सम्पर्क विहिन: आइते र निरन १० महिनादेखि कतारमा अलपत्र' भन्ने शिर्षकमा प्रकाशित समाचारपछी पिडितको समस्या हल हुने भएको छ 

गत मार्च २१ मा मेमनेपाल डट कममा पिडित पक्षको 'भनाइलाई आधार मानेर' लेखिएको उक्त समाचार पश्चात सन्तोष अधिकारी सहित मेमनेपालसित भएको  छलफलमा  प्राविदिक कारणले पिडित आइते सिंह र निरन तामांगको समस्या हल गर्ने गरी प्रक्रिया अगाडी बढाउने प्रतिवद्दता अधिकारीले गरे 

आफ्नो केहि कारणले आइते सिंह र निरन तामांग वास्तव मै पिडित भएपनि समाचारमा आए जस्तो 'दोषी' आफु नभएको अधिकारीको गुनासो थियो, उनले भने 'समाचार एक पक्षीय भयो' 

एजेन्ट: शकील रेग्मी
'नियतवस यस्तो समस्या घटेको होइन, प्राविदिक कारणले हुन पुग्यो' अधिकारीले भने  'आइते सिंहको समस्या म अविलम्व हल गर्ने प्रक्रियामा जान्छु' तर निरन तामाङ्गको समस्या भने आफूबाटमात्र हुन नसक्ने उनको जिकिर थियो  इब्राहिम भनेर चिनिने रामचन्द्र शर्मा र शकील रेग्मीको हेल्चेक्याईले आफु फसेको उनको भनाई थियो 

बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिका कतार प्रतिनिधि करीम बख्श मियाँ,युवा व्यवसायी राज देवकोटा लगायतको रोहबरमा भएको छलफलमा अधिकारीको भनाईलाई आधार मानेर एजेन्ट शकील रेग्मीसंग सम्पर्क गर्दा निरन तामांगको भिसाको दस्तूर अधिकारीले भिसा निक्लिने बित्तिकै बुझाएको भएपनि शकील रेग्मीले भिसा निकाल्ने व्यक्ति इब्राहिम उर्फ रामचन्द्र शर्मालाई पैसा बुझाउन ढिला गरेकोले तामाङ्गको पासपोर्ट सिआईडीमा बुझाएको खुल्न आएको छ 

पिडित:आइते सिंह
आइते सिंहको समस्या हल गर्ने हेतु आजदेखि मेडिकल तथा भिसा प्रक्रिया अगाडी बढेको सन्तोष अधिकारीले हामीलाई जानकारी दिएका छन्  भने निरन तामांगको समस्या हल गर्न कोशिस जारी रहेको उनले बताए 
पिडितहरुले २ लाख २० हजार र २ लाख ५० हजार बुझाएको भनेपनि सन्तोष अधिकारीले श्रम,टिकट समेतको गरेर जम्मा १ लाख ३० हजारमात्र मेनपावरबाट बुझेको खुलेको छ  'पिडितहरुले मेनपावरलाई कति बुझाए त्यो मलाई थाहा छैन' अधिकारीले बताए 




Comments