सुनसरी श्रृजनशिल परिवार कतारको तेस्रो साधरणसभा सम्पन्न: अध्यक्षमा पुन: श्रेष्ठ


नवराज वि.क,
मार्च २१,दोहा  मानबता अगाल्ने महान यहि नै हाम्रो अभियान ।भन्ने मुल नाराका साथ सुनसरी श्रृजनशिल परिवार कतारको  तेस्रो साधरण सभाबाट नयाँ कार्यकालमा पुन: नरेश श्रेष्ठ निर्विरोध भएका छन् । 

गत १८ मार्च २०१६  शुक्रबारका दिन  सामुन्द्रिक बोटमा सम्पन्न बृहत भेलाले १५ सदस्यि नयाँ कार्यसमिती चयन गरेको छ । जसमा प्रथम उपाध्यक्ष विनोद कटुवाल द्धितिय उपाध्यक्ष प्रदिप कुमार राई सचिब शुवास श्रेष्ठ सहसचिब सोम बहादुर राई कोसाध्यक्ष अरुण के.सी सहकोषाध्यक्ष नगिन आले सदस्यहरुमा रेवती पोख्रेल घनश्याम फुयाल भुपाल राई दुर्गा प्रशाद राई विक्रम श्रेष्ठ नारायण सुबेदी अशोक कटुवाल बरुण के.सी  रहेका छन् ।

संस्थाका अध्यक्ष नरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा एनआरएनए आइसीसीका गल्फ सहसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अन्य विशेष अतिथीहरुमा काजीमान राई अध्यक्ष धराने आउट अफ धरान सचिब बिक्रम श्रेष्ठ महेन्द्र नगर सुनसरी सेवा समाज अध्यक्ष नारायण सुबेदी सुनसरी श्रृजनशिलका सस्थापक बाबुराम दाहाल सुजसरी श्रृजनशिल बचत तथा ऋण समुह का संयोजक सन्तोष श्रेष्ठ प्रेस चौतारी  कतार शाखाका अध्यक्ष नबराज वि.क लगायतको उपस्थिती रहेको थियो ।
औपचारिक कार्यक्रम को उद्घाटन प्रमुख अतिथीबाट दिप प्रज्वलन सहित ब्यानर अनावरणद्धारा गरेका थिए । राष्ट्रिय गान सहित शुरु गरिएको कार्यक्रममा सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो ।


संस्थाका सचिब सुवास श्रेष्ठद्धारा सञ्चालित कार्यक्रममा उपस्थित अतिथीहरुलाई प्रथम उपाध्यक्ष  विनोद कट्टुवालले स्वागत मन्तब्य राखेका थिए । आय-ब्यय आर्थिक प्रतिबेदन कोषाध्यक्ष अरुण केसीले प्रस्तुत गरेका थिए भने संशोधित विधान प्रथम उपाध्यक्षले  नै पेश गर्दै सर्वसहमतिमा पारित गरिएको थियो ।
संस्थाले गृहजिल्लामा एम्बुलेन्स सहयोगार्थकाका लागी आयोजित भाग्यशाली चिट्ठा सोही दिन खोलिएको थियो । प्रथम पुरस्कार सुन द्धितिय पुरस्कार ल्यापटप तेस्रो पुरस्कार  डिजिटल क्यामरा क्रमश ताजु, मनोज खत्री, खगेन श्रेत्रीले  प्राप्त गरेका छन्  । साथै सान्त्वना पुरस्कार दिपनारायण चौधरी रामहरी गैह्रे सुरेश श्रेष्ठ राजकुमार भट्टराई सुरेश गोले र नरेश श्रेष्ठले हाते घडी प्राप्त गरेका थिए । चिट्टा बिक्रिबितरण कार्यमा निरन्तर सक्रिय भुमिका निर्वाह गरेकोमा बरुण केसी लाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । 
कर्यक्रम दुई चरणबद्ध रुपमा गरिएको थियो । सुजसरी श्रृजनशिल बचत तथा ऋण समुह को समेत दोस्रो चरणमा बार्षिक साधरण सभा सोही दिन सम्पन्न गर्दै उत्कृष्ट बचत कर्ता असल ऋणीहरुलाई कदरपत्र सहित शेयर प्रमाणपत्र बचतबुक पासबुक बचतको ब्याज र शेयर लाभान्स सोही दिन वितरण गरिएको थियो ।
संस्थाले जिल्लाबासीलाई स्वावलम्वी र उधमशिलता बनाउदै अगाडि बढाउने र  जिल्ला विकास र परोपकारी कार्यमा निरन्तर रुपमा सक्रिय रहि समाजिक कार्यहरु  लाई निरन्तरता दिन भावि कार्ययोजनाहरु समेत प्रस्तुत गरिएको थियो ।
गृह जिल्लामा शैक्षिक सामग्री तथा नगद वितरण सबै गाविसहरु मा पुर्याउने लक्ष राख्दै गरिब विधार्थीहरुलाई छात्रबृद्धि एम्बुलेन्स परियोजना अनाथलय राहतकोष तथा बृद्ध आश्रमको स्थापना  गाउ स्तरका स्वास्थ्य चौकीहरुमा आर्थिक तथा भौतिक सहयोगहरु जुटाउन केन्द्रित गर्दै अगाडि बढ्ने कार्ययोजना समेत तय गरिएको थियो ।
नबनिर्वाचित अध्यक्ष श्रेष्ठ ले अगामी दिनहरुमा समेत सबै गृह जिल्लाबासी लाई समेट्दै  अगाडि बढ्ने बताउदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गर्नुभएको थियो  ।

Comments