स्थानीय निकाय पुनसंरचनाका लागि आयोग गठन:
काठमाडौं – सरकारले संविधानअनुसार स्थानीय निकाय पुनसंरचनाका लागि आयोग गठन गरेको छ ।
संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष , स्वायत्त र संरक्षित क्षेत्र हुने व्यवस्था रहेकाले गी संरचनाको सीमा र संख्या निर्धारण गर्न आयोग बनाएको हो । आयोगले दिएको सिफारिस कार्यान्वयन भएपछि हालको गाविस र जिविस संरचना रहँदैन ।
त्यसको ठाउँमा गाउँपालिका, नगरपालिका, विशेष, स्वायत्त र संरक्षित क्षेत्र हुनेछन् । जिल्ला रहे पनि हालको जिविसको जस्तो अधिकार रहँदैन । जिल्लासभाका रुपमा गाउँपालिका र नगरपालिकालाई समन्वय गर्ने काम मात्र हुन्छ ।
आयोगले संविधानमा व्यवस्था भएका प्रदेश र जिल्लाको सीमा नखल्बलिने स्थानीय निकायको संरचनाको सीमांकन गर्नुपर्नेछ ।

Comments
Post a Comment