नासीर अस्ताए साउदीमा,जाबिर हुसैनको लाश मलेसियामा

मेमसमाचार,
चैत १,कतार । साउदी अरेबियास्थित जेद्दा शहरमा कार्यरत एकजना नेपालीको गत साता मृत्यु भएको छ।

हर्दोना ८, मुझनी कपिलवस्तु घर भई हाल साउदी अरेबियामा कार्यरत मुहम्मद नासीर  मुसलमानको मृत्यु  भएको हाम्रा सहयोगी शमसद अहमदले मेमसमाचारलाई  बताए।

काम गर्दागर्दै अचानक चक्कर अाई  ढल्दा टाउकोमा चोट लागेपछि अस्पताल लगिएको र करीव एक हप्तासम्म अाईसियुमा राखेर उपचार गर्ने  क्रममा नासीरको मृत्यु भएको हो।

करीव १८ महिनादेखि साउदीमा मस्जिद सरसफाइको काम गर्दै आएका ३८ वर्ष
का नासीरको श्रीमती सहित ४ वर्षको छोरा इब्राहिम छन् भने पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको सहयोगी  शमसद अहमदले जानकारी दिएका छन्।  आफ्नो छोराको मृत्युको खबर पाउने बित्तिकै नासीरका मर्माहत बाबु मोहम्मद साई मुसलमान अचेत भएका छन्।
मृतकका बाबु र ४ वर्षें छोरोबिभिन्न पर्व एवम् दिवस परेका कारण साउदी स्थित दुताबास बन्द रहेको कारण नासीरको लाशलाई नेपाल लैजाने प्रकृया बढ्न नसकेको र इस्लामिक परम्परा अनुसार जतिसक्दो लाशको सत्गत गर्नु पर्ने भएकोले परिवार तथा आफन्तहरुको राय अनुसार इस्लामिक परम्परा बमोजिम नासीरको लाशलाई साउदीमै 'बाबुल मक्का' कब्रिस्तानमा उनको विधिवत अन्थ्यष्ठि गरिएको शमसद अहमदले हामीलाई बताए।
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

त्यसैगरी मलेसियाबाट हाम्रा सहयोगी खालीद महमुदले  दिएको जानकारी  अनुसार मलेसियाको जोहरबाह स्थित एक प्रतिष्ठित कम्पनी ATA industrial (m)sdn.bhd मा काम गर्ने सुनसरी छाताबेलीका मोहम्मद जाबिर हुसैनको गत १३ मार्चमा राती सुतेको अवस्थामा मृत्‍यु भएको छ।

साँझ सकुशल सुतेका जाबिर बिहान न उठेपछि हेर्दा मृत अवस्थामा रहेको खालिदले बताए।

Comments