समुदायलाई आत्मनिर्भर बनाउने एच.आर.ओ नेपालको प्रयास:
ह्युमेन रिलिफ अर्गनाईजेशन नेपालले गोरखामा तीन महिने सिलाई कटाई तालिम सुरु गरेको छ ।
शनिबार गोरखा सदरमुकाममा एक कार्यक्रम गरी तीन महिने कार्यक्रमको उद्घाटन गरिएको हो ।ह्युमेन रिलिफ अर्गनाईजेशन नेपालका महासचिव गुफ्रान अहमद साकिरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले यस्ता सिपमुलक कार्यक्रमहरुले समाजबाट पिछडीएका मुस्लिम तथा गैर मुस्लिम समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने बताए ।
मुस्लिम प्रोभर्टी नेपालको आर्थिक सहयोगमा एच.आर.ओ ले गोरखा सदरमुकामका बिस जना महिलालाई तीन महिने सिलाई कटाई तालिम दिन लागेको छ । आर्थिक रुपले बिपन्न तथा सामाजिक रुपमा पिछडीएका मुस्लिम तथा गैरमुस्लिम महिलाहरु यस कार्यक्रममा समेटिने आयोजक संस्था एच.आर.ओ का महासचिव साकिरले बताए ।
कार्यक्रममा स्थानिय युवानेता बाबुदिन मियाँ, मदरसा इस्लाहुल मुस्लेमिनका मौलाना रियाजुद्धिन मियाँ, सिलाई कटाई कार्यक्रमका संयोजक साहेब मियाँ, नवदुर्गा निमाबिका प्रधानध्यापक अब्दुल करिम मियाँ लगायतले मन्तब्य राखेका थिए ।
यस्तै मुस्लिम प्रोभर्टी नेपालको आर्थिक सहयोगमा एच.आर.ओ ले गोरखाका अन्य गाविसमा रहेका सबै समुदायलाई समेटि आत्मनिर्भर बनाउने खालका बिभिन्न कार्यक्रमहरु हाउस वाइरिङ, कम्प्युटर तालिम, तथा खानेपानी निर्माणको कार्य गराइरहेको महासचिव साकिरले जानकारी दिए । आगामी दिनमा समेत संस्थाले यस्ता सिपमुलक कार्य गर्दै जाने बताएको छ ।

Comments
Post a Comment