ति ६ वटा आहार जसले शरीरको तौल र बोसो घटाऊन मद्दत गर्दछ:

मोटोपना घटाउने र शरिरलाई हरदम फीट राख्न अधिकांश मानिसहरु  आजकाल बढी नै  चिन्तित रहेको भेटिन्छन्। हर कोही फिट रहन चाहन्छ, तर फिट रहनको लागि सिद्द आहार हुनु जरुरी छ। तपाईंलाई यो जानकारी  हुनु जरुरी छ कि तपाईंले के अनि किन  खाई रहनु भएको छ! यदि तपाई फिटनेसको निम्ति सिद्द आहार लिई रहनु भएको छ भने कुन चैँ आहार  बढी फाईदाजनक छ र पेटको बोसो कम गर्नु छ भने त्यसको लागि उपयुक्त खाना  के हो?


तर यदि तपाइँ तौलका साथै बोसो समेत घटाऊन चाहनु हुन्छ भने केही खास आहारको सेवन गर्नु पर्दछ। जानी राख्नुस् यस सम्वन्धी ति ६ वटा आहार जसले शरीरको तौल र बोसो घटाऊन मद्दत गर्दछ।

 (१) स्याऊ- तौल घटाऊन हामीले छुटाउन नहुने फल हो स्याऊ। जबजब तौल घटाऊने  प्रसँग आउने गर्दछ स्याऊ सिद्द आहारको रुपमा सामिल हुन्छ। कम क्यालोरिज युक्त स्याउमा फाइबर उच्चमात्रामा हुन्छ। यसमा भिटामिन बी र सी सँगै एन्टी अक्सिडेन्ट्स र मिनेरलपनि पाईन्छ जसले शरीरलाई स्फुर्ती दिन्छ।

(२) अभोकाडो- नि:सन्देह अभोकाडोमा 'हाइ फ्याट कन्टेन्ट' हुन्छ, तरपनि   यो 'फ्याट बर्निङ फुड्स' को लिस्टमा  अग्रस्थानमा आउने गर्दछ। यो फलाम उच्चमात्रामा 'ओमेगा ९ फ्याटी एसीड' पाईन्छ। अभोकाडो खाने गर्नाले फ्याटलाई  इनर्जीमा बदल्न मद्दत मिल्छ भने यसले 'मेटाबालिज्म' पनि बढेर जान्छ। यो फल खाने गर्नाले केही यस्तो हार्मोन शरीरमा   बढेर जान्छ जसले शारीरिक मोटोपनालाई घटाऊन मद्दत गर्दछ।

(३) अँगुर- फिटनेस सम्वन्धि एक्स्पर्टको भनाइलाई मान्ने हो भने अँगुरले शरिरको  भित्री प्रकृयालाई सधैं  सफा राख्ने गर्दछ भने शरिरलाई 'हाइड्रेड' राख्छ। यो तौललाई कम गर्ने 'सुपरफूड' हो। 'क्यालोरी बर्न' गर्न यसले धेरै मद्दत गर्नेछ।  

(४) नरियल- क्यालोरी कन्युम गर्न मद्दत गर्नुका साथै  नरियलले मेटाबोलिज्मको  मात्रा बढाउन समेत मद्दत गर्दछ।

(५) अनार- अधिकांश अध्ययन अनुसार अनारमा पाइने 'एन्टीअक्सिडेन्ट' ले मेटाबोलिज्मलाई बढाउन मद्दत गर्नुका साथै यसले भोकलाई कम गर्दछ। दैनिक बिहानको नास्तामा अनारको जुस पिउनाले पिउनाले सलादमा अनारको खाने गर्नाले  सहज रुपमा तौल गर्न सकिन्छ।

(६) यो त सबैलाई थाहा भएकै कुरा हो कि कागतीले शारिरिक विषाहरण (डिटोक्सिफाई) गर्न मद्दत गर्दछ। बोडी डिटोक्स हुँदा सहजै मोटोपना घटेर जान्छ। मोटोपना  घटाउन कागती अत्यन्त लाभदायक हुन्छ।

(सभार तथा अनुवादित: बलिऊडशादीज)

Comments