अनेसास नवोदितको ५५ औं साहित्यिक वाचन शृंखला सम्पन्न: विशेष श्रोताले भने 'युद्वमा लाग्न साहित्यले प्रेरणा दियो'


मेमसमाचार, २८ फाल्गुन
कतार। अनेसास नवोदितको ५५ औं साहित्यिक वाचन शृंखला सम्पन्न भएको छ। 
अनेसास कतारको संस्थापक संयोजक एवम् साहित्यकार  स्व.शिखर बैद्यको दोस्रो स्मृति दिवसको अवसर पारेर वाचन शृंखला  सम्पन्न भएको हो। 

साहित्यकार मदन न्यौपानेद्वारा संचालित कार्यक्रममा नेपाली जनप्रगतिशील मंच कतारका अधिवेशन आयोजक समिती सम्योजक समेत रहेका शनी कुमार ओलीलाई विशेश श्रोतामा निम्तीएको थियो भने कतार स्थित बिभिन्न सामाजिक व्यक्तित्व, साहित्यकार तथा शुभेच्छुकहरुको उपस्थिती रहेको थियो। 

स्वर्गीय वैधको सम्झनामा मौन धारणसँगै अनेसासका अध्यक्ष रेगिस्तानी कवी तिर्थसंगम राईले स्व. शिखर बैद्यको जीवनी बारे प्रकाश  पारेका थिए। 


कार्यक्रममा  दर्पण रंगोली , राजेन्द्र राई, अोम दाहाल, महेन्द्र राई, बिनोद खड्का, रुप रसाइली  बिस्वकर्मा, दिलिप पराजुली, दिप किरण, बेचन महतो, नारायण इश्वर शाही, बिजय खूम्ब, इश्वर राई 'लज्जालु' मणिक पौडेल 'भिखारी'  , लेख कार्की, धीरज प्रभात, श्यामलाल रानाभाट, सुरेशमान, तिर्थसंगम राई, मिस्स्रुद्दिन मियाँ, लगायत कवी तथा साहित्यकारहरुले आ-आफ्ना  सिर्जना वाचन गरेका थिए। 

विशिष्ट श्रोता शनीकुमार ओलीले धन्यवाद ज्ञापन गर्दै आफुलाई जनयुद्दमामा लाग्न  'थ्यान्क यु मिस्टर ग्लाड' भन्ने   साहित्य सिर्जनाबाट प्रेरणा मिलेको आफ्नो मन्तब्यमा बताएका थिए।





Comments